२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हटिया प्रहरी चौकी प्रमुख श्रेष्ठलाई गलकोटमा स्वागत

२०७२, २७ मंसिर आईतवार ०४:०५

कृष्ण कँडेल, मंसिर २७, गलकोट / प्रहरी चौकी हटियामा आउनुभएका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक राजकुमार श्रेष्ठलाई आज गलकोटमा स्वागत गरिएको छ । गलकोट सूचना तथा सञ्चार सहकारी, गलकोट एफएम, गलकोटपत्र साप्ताहिक र गलकोट समाजको संयुक्त आयोजनामा एक कार्यक्रम गरि प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गरिएको हो । यसअघि प्रहरी सहायक निरिक्षकको मात्र दरवन्दि भएको हटिया प्रहरी चौकीमा सवारी सधान तथा जनसंख्याको चाप बढीभएपछि जिल्ला प्रहरी कार्यालयले पहिलो पटक प्रहरी नायब निरिक्षक पठाएको हो ।

polish

कार्यक्रममा बौल्दै प्रहरी नायव निरिक्षक श्रेष्ठले प्रहरीको अभियानमा सवै नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो । आफुले स्थानिय राजनैतिक दल, सरोकारवाला तथा सञ्चार माध्यमसँग मिलेर काम गर्ने भन्दै श्रेष्ठले सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको छ । कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारीका कोषाध्यक्ष चुडामणी शर्माले पुष्पलाल मध्यपहाडी लोकमार्गको विस्तारसँगै हटिया क्षेत्रमा सुरक्षा संवेदनशिलता बढेकाले चुनौतीपुर्ण ठाउँ भएपनि सफलतापुर्वक कार्य सम्पादन गर्न आग्रह गर्नुभयो ।

गलकोट बहुमुखी क्याम्पस हटियाका क्याम्पस प्रमुख देवेन्द्र खत्रीले हटियामा पहिल्यैदेखि कम्तीमा प्रहरी नायब निरिक्षक अवश्यक रहेको आवाज उठाईएको भन्दै जिल्ला प्रहरी कार्यालयले यस पटक हटियावासीको माग सम्वोधन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

बजार व्यवस्थापन समिति हटियाका अध्यक्ष खिम साहनीले सवैसँग आवश्यक समन्वय गरि काम गर्न नवआगन्तुक प्रहरि प्रमुखलाई आग्रह गर्नुभयो । कार्यक्रम गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेको अध्यक्षता, गलकोट सुचना तथा सञ्चार सहकारीका प्रवन्ध निर्देशक गणेश खत्रीको स्वागत र सामुदायिक रेडियो गलकोट एफएमका स्टेसन म्यानेजर कृष्ण कँडेललको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा