2026-09-18 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सिवाईसिद्धारा ऋण मिनाह तथा राहत वितरण

कमल पौडेल । पुस २४, बागलुङ (खर्वाङ) । सिवाईसि नेपाल लघुवित्त कार्यक्रम खर्वाङ शाखाले केन्द्र नं. १०७ का सदस्य ओम प्रसाद शेरचनको स्मृतिमा शोक सभा गर्दै ऋण मिनाह तथा राहत वितरण गरेको छ ।

दगातुन्डाडा ७ खारपानी निवासी शेरचनको निधनले सिवाईसि परिवारलाई स्तब्ध वनाएको भन्दै वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्माले संस्थाको तर्फवाट लगानी गरिएको ऋण मध्ये तिर्न वाँकी ८१ हजार २०० मिनाह गरिएको जानकारी दिनुभएको थियो । त्यस्तै शर्माले सक्रिय युवा आत्मनिर्भपुरुष केन्द, मिलिजुली आत्म निर्भर केन्द्र र शाखाको तर्फवाट ९ हजार २ सय राहत समेत वितरण गर्नुभएको छ ।

कार्यक्रममा संस्थाका दयाराम थापा, सुवास नेपाली, केन्द्र प्रमुख धन वहादुर वुढा, सचिव डम्वर श्रीस, शाखाका लघुवित्त प्रवक्त हिमा खरेल, कलावति धिताल तथा परिवारको तर्फवाट सुनिल शेरचनले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वरिष्ठ प्रवन्ध शान्ति शर्माको अध्यक्षता तथा केन्द्र व्यावस्थापक वेलु गिरिको संचालनमा सम्पन्न भएको थियो। संस्थाले सदस्यको मृत्यूमा ऋण मिनाह तथा राहत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई