२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रोल्पाको तरकारी बुटवलसम्म

३० असार २०७५, शनिबार ०९:३२

उमा केसी/असार ३०, रोल्पा | दक्षिण रोल्पाका किसान अहिले व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । 

परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । 

खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुन्छ, रोल्पा त्रिवेणी– ३ लिङदुङका पुनाराम घर्तीले भन्नुभयो, “नगदै हातमा पर्ने भएकाले दैनिक घरव्यवहार चलाउन समेत सजिलो भएको छ ।” 

“तरकारीको बिक्रीबाट प्राप्त हुने रकमले केटाकेटी पढाउन र स्वास्थ्योपचार गर्न सहज भएको छ,” उहाँले भन्नुभयो, “ घरव्यवहारको खर्च कटाएर बाँकी हुन आउने रकम गाउँकै सहकारीमा जम्मा समेत गर्ने गरेको छु । ” 

गोलभेँडा, बन्दा, भेडेखुर्सानी जस्ता तरकारीको व्यावसायिक खेती गर्ने घर्तीको घरमै तरकारी खरीद गर्न गाडी आउने भएकाले डोकोमा बोकेर बजार लैजाने समस्या पनि टरेको छ । “बारिको तरकारी टिपेर घरमा लान्छांै, घरबाटै गाडीले किनेर लैजान्छ,” घर्तीले भन्नुभयो, “शुरु शुरुमा बजारको निकै समस्या हुन्थ्यो, डोकोमा बोकेर लैजानुपथ्र्यो, अहिले घरमै गाडी आएर तरकारी किनेर लैजाने भएकाले सहज भएको छ ।” 

तरकारी उत्पादन गर्ने प्रविधि सिकेर निर्वाहमुखी कृषिबाट व्यावसायिकखेतीतर्फ लागेका छांै, त्रिवेणी गाउँपालिका– ३ की जयकली बुढाले भन्नुभयो, “ठूलो परिमाणमा खेती गर्दा कहिलेकाहीँ रोग आएर सखाप पार्ने गर्दछ भने कहिलेकाहीँ बजार मूल्य अत्यधिक कम हुन्छ ।” 

अघिल्लो वर्ष आफूहरुले उत्पादन गरेको बन्दाप्रति किलो रु दुईमासमेत नजाँदा आफूहरुले ठूलो घाटा व्यहोर्नु परेको स्मरण गर्दै उहाँले बेमौसमी तरकारी खेतीबाट बढी फाइदा हुने गरेको छ भन्नुभयो । किसानको व्यावसायिक सुरक्षामा राज्यले सहयोग गरे कृषि पेशाप्रतिको आकर्षण बढ्न सक्छ, बुढाले भन्नुभयो । 

त्रिवेणी– ३ का लिङदुङका ३० भन्दा बढी घरधुरीले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी खरीद गर्न दैनिक रुपमा गाडी आउने गर्दछन् । सो गाउँमा उत्पादित तरकारी दाङ, वुटबल, भालुवाङ, सल्यानको कपुरकोट जस्ता बजारमा बिक्री हुने गरेको बताइन्छ ।

युवा पलायनतालाई रोक्न तथा कृषिबाट समृद्धि हासिल गर्न राज्यले किसानलाई प्रोत्साहन पुग्ने कार्यक्रम गर्नुपर्ने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले बताउनुभयो । सके निःशुल्क, नसके सुपथ मूल्यमा मल बीउ उपलब्ध गराए मात्र किसानले बाहिर बजारमा प्रतिस्पर्धा गर्नसक्ने बुढाको भनाइ छ । 

भारतीय बजारमा उत्पादित तरकारीसँग नेपाली कृषकले प्रतिस्पर्धा गर्न सके मात्रै यो व्यवसाय टिकाउ गर्न सकिन्छ, यसका लागि किसानलाई राज्यको सहयोग चाहिन्छ, बुढाले भन्नुभयो । 

कृषिमा आत्मनिर्भर बनाउनका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्छ, उहाँले भन्नुभयो, “वर्षेनी हजारांैका संख्यामा रोल्पाली युवा विदेश पलायन भइरहेकाले त्यसलाई रोक्नका लागि भएपनि व्यावसायिक कृषिमा जोड दिनुपर्छ ।” 

कृषकलाई प्रविधि र बजारीकरणमा सहयोग गरिरहेको जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

बजारीकरणका लागि तरकारी संकलन केन्द्रको स्थापनामा सहयोग गरिएको छ, श्रेष्ठले भन्नुभयो, “जिल्ला कृषि विकास कार्यालय रोल्पाको रु ५ लाख, वडा कार्यालयको रु दुई लाख र स्थानीय समुदायको रु एक लाख गरी कुल रु आठ लाखको लागतमा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य