Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, लहान | विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४÷७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो । विगत वर्षमा करीब ४० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७४÷७५ मा चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिनुभयो ।

यस्तै, समयमा विद्युत्को महसुल नबुझाउने ७१२ ग्राहकको विद्युत् लाइन चालु आवमा काटिएको यादवले बताउनुभयो । विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटिएको हो ।

“विद्युत् लाइन काटिएका ५०५ ग्राहकबाट रु एक करोड ४७ लाख ४९ हजार बक्यौता रकम संकलन गरिएको छ,” यादवले भन्नुभयो ।

त्यस्तै वितरण केन्द्र लहानले चालु आवमा हुकिङ गरी विद्युत् चोरी गर्ने ४०७ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ । कारवाही गरिएकाबाट रु २८ लाख १६ हजार राजश्व संकलन हुनाका साथै सो क्रममा २७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो । रासस