2026-10-15 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा मकैको बीउ बिक्री भएन

 साउन १, धादिङ | नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन सकेको छैन । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत उत्पादन गरेको मकैको बीउ बिक्री नभएको किसानको गुनासो छ । किसानले बजार व्यवस्थापनको माग गरेका छन् । 

एक वर्षअघिदेखि मकै जोन विकास कार्यक्रमअन्तर्गत नीलकण्ठ नगरपालिकाको चारवटा र ज्वालामुखी गाउँपालिकाको एउटा ठाउँमा रु एक करोड १७ लाखको लागतमा ५० मेट्रिक टन क्षमताका पोष्ट हार्बेष्ट भवन निर्माण गरिएको छ । उक्त भवनमा किसानले उत्पादन गरेर राखेको मकैको बीउ बिक्री हुन सकेको छैन । 

अठहत्तर कृषक समूह र एउटा कम्पनी गरी ७९ संस्थामार्फत दुई हजार ७७२ घरधुरी समावेश गरी कार्यक्रम सञ्चालन गरिएको मकै जोन विकास कार्यक्रमका कार्यालय प्रमुख होमनाथ लम्सालले बताउनुभयो । छ सय ६३ हेक्टर क्षेत्रफल मकै जोन विकास कार्यक्रमले समेटेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले कृषि प्रविधि र आधुनिकीकरणमात्र होइन बजार व्यवस्थापनका लागिसमेत ध्यान दिन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा