Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुला बहुमुखी क्याम्पसको सासंद बोहराद्धारा उद्घाटन (हेर्नुहोस १० तस्बिर)

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

लोकेन्द्र प्रसाद जोशी | साउन १, दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत आगिंक क्याम्पस बनेको दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलाको मंगलबार बिधिवत रुपमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयमा गाभिएको छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालन हुँदै आएको दार्चुला बहुमुखी क्यामस विधिवत रुपमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालय अन्तर्गत गाभिएको हो । उक्त क्याम्पसको प्रदेश सभा सदस्य गेल्बुसिह बोहराले उद्घाटन गर्नुभएको छ ।

दार्चुला बहुमुखी क्याम्पस स्थापना भएको झण्डै दुइ दशकसम्म अभावै अभावले झेल्दै आएको थियो । क्याम्पसले सीमित श्रोत साधनकाबीच बिभिन्न आरोह अवरोह पार गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत आगिंक क्याम्पस बन्नु ऐतिहासीक सफलता भएको भन्दै कार्यक्रमका बक्ताहरुले शुभकामना ब्यक्त गरेका छन् । सामुदायबाट सञ्चालन गरीएपनि देशभरीमै १३ औ र प्रदेश नम्बर ७ का सम्पुर्ण क्याम्पसहरुमा तेस्रो स्थानमा पर्न सफल भएको दार्चुला बहुमुखी क्याम्पसको हालसको सफलतामा सबैको योगदान रहेको क्याम्पस प्रमुख कृष्ण सिह साउँदले बताउनुभयो । अगामी दिनहरुमा प्राबिधिक र ब्याबसायिक धारतर्फका कृर्षि र बन बिज्ञानका कक्षाहरु सञ्चालन गर्नेगरी क्याम्पस तयारीमा जुटेकोसमेत उहाँले जानकारी दिनुभयो । राजनीतिकदल, जनप्रतिनिधि लगायत सरोकारवाला सबै पक्षको सहयोग पाए छिट्टै दार्चुलामा प्राबिधिक तथा ब्याबसायिक शिक्षाको शुरुवात गर्न सकिने उहाँको भनाइ छ ।

२०६७ सालसम्म त्रिभुबन बिश्वबिद्यालयको आगिंक बन्न कसरत गरेपनि असफल भएपछि क्याम्पसले शुदूरपश्चिमाञ्जल बिस्वबिद्यालयको स्थापना गर्न पहल शुरु गरेको थियो । शुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयबाट अहिले सञ्चालनमा रहेका ५ कार्यक्रमसहित थप नयाँ कार्यक्रमको पठनपाठन हुने क्याम्पसले जनाएको छ ।

शिक्षा संकायतर्फ ३० जना बिद्यार्थीबाट अद्यापन शुरु गरेको क्याम्पसले १२ सय बढी बिद्यार्थीहरुलाइ स्नातक र स्नातकोत्तर बिषय उत्तिर्ण गराउँन सफल भएको भन्दै क्याम्पसबाट उत्पादित ठुलो जनसक्तीले रोजगारी समेत प्राप्त गरेकोले तुलनात्मक रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पहल क्याम्पसले गरेको क्याम्पस प्रमुख साउँदले बताउँनुभयो । अगामी दिनहरुमा शिक्षक बिद्यार्थीहरुको थप लगानीमा शिक्षाको गुणस्तर सुधारको आबश्यकता रहेको कार्यक्रमका सहभागिले सुझाब समेत दिएका छन ।

यसैबिच क्याम्पस उद्घाटन सत्रमा बोल्ने जनप्रतिनिधि लगायत अधिकासं बक्ताहरुले क्याम्पसको आर्थीक, भौतिक र शैक्षिक बिकासकालागी सहयोग गर्ने प्रतिबद्धतासहित शिक्षक बिद्यार्थीहरुको थप क्रिर्यासिलताको आबश्यकता औल्याएका छन ।

दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलाको उद्घाटन समारोहमा बोल्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले शिक्षाको सुनौलो भबिष्यका साथ क्याम्पसको परिकल्पना गर्ने तत्कालिन जिल्ला बिकास समिति सभापति एबं बर्तमान प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्ना लगायत क्याम्पस स्थापनामा सहयोग गर्ने ब्यक्तीत्तहरुलाइ सम्झीदै सफल नेतृत्व र कुसल प्रशासकको भुमिकाका कारण क्याम्पसले अहिलेको सफलता हासील गरेको बताउँनुभयो । क्याम्पसको आर्थिक भौतिक पुर्बाधारको पहल गर्न सासंद र जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने धामीको भनाइ छ ।

क्याम्पसको उन्नति प्रगतिकोलागी जग्गा र भबन हस्तानान्तरण गर्न जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले प्रतिबद्धता जनाउँनुभएको छ । उहाँले क्याम्पसमा राजनीति भन्दा पनि व्यवहारिकता र सबैको योगदानको कदर भए जमिनको लागि खासै समस्या नहुने बताउनुभयो । प्राबिधिक शिक्षाको बिकासकोलागी आबश्यक पुर्बाधारको बिकास गर्न स्थानिय सरकार र सासंदहरुले महत्तपुर्ण भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

दार्चुला जिल्लाको शैक्षिक जनसक्ति उत्पादनमा क्याम्पसले अहम भुमिका निर्बाह गरेको भन्दै अधिकासं बक्ताहरुले समयसमपेक्ष शिक्षाको बिकासमा जोड दिन शुभकामना ब्यक्त गरेका छन । अगामी दिनहरुमा क्याम्पसलाइ शुदूरपश्चिमको एक नम्बर क्याम्पस बनाउँन प्रदेश सरकार र आफ्नो ब्याक्तिगत तर्फबाट पहल गर्ने प्रदेश सभा सदस्य गेल्बु सिह बोहराले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका सभापति एबं क्याम्पस सञ्चालक समिति अध्यक्ष दयाकृष्ण पन्तले क्याम्पसलाइ अहिलेको अवस्थासम्म ल्याउँन सहयोग गर्ने सबैलाइ सम्झीदै अतिथिहरुले गरेका बाचा पुरा गर्ने बिस्वास ब्यक्त गर्नुभयो । क्याम्पसले आगिंक बनेको र प्रदेशकै तेस्रो नम्बरमा आएको सन्दर्भलाइ सुनसंग तुलना गरेर अगामी दिनहरुमा क्याम्पसलाइ सुनमा सुगन्ध बनाउँन प्राद्यापक, बिद्यार्थीहरुको लगनसिलता र सरोकारवाला सबैको सहयोगको खाचो रहेकोमा सभापति पन्तले जोड दिनुभएको छ ।