२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको साकेला र दिप्रुङमा ईन्टरनेट जडान अन्तिम चरण

५ श्रावण २०७५, शनिबार ०४:५७

चिसाङ शेर्पा | साउन ५, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ईन्टरनेट जडानको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकालाई सञ्चारसँग नजिक र दैनिक कामकाज गर्नमा सहजताका लागि गाउँपालिकाले ईन्टरनेट जडानको काम समापन विन्दुमा पुर्याएको हो ।

भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा बढीमा दुईदिनमा गाउँपालिकाको ७ वटै वडामा ईन्टरनेट सुचारु गर्ने लक्ष्य रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । गाउँपालिका भवनमा १ एमविपिएस र वडाहरुमा ५ सय १२ केविपिएस क्षमताको इन्टरनेट जडान गरिने उहाँको भनाई छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लागि उदयपुरको रौतादेबीमा भएको डिभाइसदेखी हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको रिपीटर टावरमा कनेक्सन गरी त्यहाँबाट सिधा याङसोलाटारमा रहेको टावरसँग कनेक्सन गराइएको भर्चुवल नेटवर्क प्रालिले जनाएको छ । शुक्रबारसम्म गाउँपालिका भवन र डाडाँगाउमा नेट जडान गरि सकिएको छ । आगामी आईतबारभित्र गाउँपालिकाको सबै वडामा ईन्टरनेट सुचारु गरिने आइटी अफिसर राईले बताए ।    

यता साकेला गाउँपालिकामा पनि ईन्टरनेट जडानको काम लगभग सकिएको छ । भर्चुवल नेटवर्क प्रालिले मानेभन्ज्याङ डाडाँमा टावर राखेर फाईभरको कामको अलवा अन्य प्राविधिक, भौतिक काम सम्पन्न गरेको साकेला गाउँपालिका प्रमुख अर्जुन कुमार खड्काले बताए । 

गाउँपालिकाको ८ लाख लगानीमा ईन्टरनेटको काम थालेको प्रालिले मानेभन्ज्याङदेखी खिदिमासम्म ६ किलोमिटर फाईबरको काम धमाधम गरीरहेको छ । खिदिमासम्म पु¥याउन बाँस तथा रुखको खम्बा प्रयोग गरी तार टाँग्ने काम भइरहेको भर्चुवल नेटवर्क प्रालि खोटाङका प्रतिनिधि कमल राईले जानकारी दिए । गाउँपालिका भवनमा १ एमविपिएस र वडा कार्यालयहरुमा २ सय ५६ देखी ५ सय १२ केविपिएसको ईन्टरनेट जडान गरिने जनाईएको छ । 

बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ, केपीलासगढी गाउँपालिकामा भर्चुवलले ईन्टरनेट जडान गरिसकेको छ । जडान सकिएका गाउँपालिका भवनमा १ एमविपिएस र वडा कार्यालयहरुमा भने माग अनुसारको ईन्टरनेट जडान गरिएको प्रालिले जनाएको छ । केपीलासगढीमा भने प्राविधिक समस्याका कारण नेट सञ्चालनमा समस्या भएको छ । त्यसलाई ५ दिनभित्रमा सुधार गर्ने प्रालिले बताएको छ ।

रावाबेंशी, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका यसअघि नै ईन्टरनेटको पहुंचमा थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो