2026-06-27 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धादिङमा कानून विपरीत पशु बधशाला निर्माण

साउन ६, मलेखु, धादिङ | आवश्यक प्रक्रियासमेत पूरा नगरी मापदण्ड विपरीत नीलकण्ठ नगरपालिकाले पशु बधशाला स्थापना गर्न बजेट विनियोजन गरी असार साउनमा बधशालाको भवन धमाधम निर्माण गरिरहेको छ । 

पशु बधशाला निर्माण गरी सञ्चालन गर्नका लगि पूर्व अनुमति र इजाजत लिनुपर्ने कानूनी व्यवस्था विपरीत धादिङस्थित नीलकण्ठ नगरपालिकाले गत वर्षको बजेटबाट असार साउनमा धमाधम बधशाला निर्माण गरिरहेको हो । 

पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका २०६४ ले इजाजत पत्र नलिई पशु बधशाला खोल्न र मासुको बिक्री वितरण गर्न रोक लगाएको छ । 

नीलकण्ठ नगरपालिका–८ थोपलखोला किनारमा रहेको जग्गामा बधशाला निर्माण गर्न शुरु गरिएको हो । पशु बधशाला निर्माण पूर्व प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) गरी अनुमति लिनुपर्नेमा नलिई सो स्थानमा बधशाला निर्माण जिम्मा दिइएको हो । 

बधशाला निर्माण गरिएको जग्गा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइरालाको जग्गामा भवन बनाउन अनुमति दिइएको नीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ । 

नीलकण्ठ नगरपालिका–३ मा फ्रेस हाउस सञ्चालनको अनुमति पाएको नमल फ्रेस हाउसलाई वडा नं ८ मा बधशाला निर्माण गर्न नमिल्ने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । 

कानून विपरीत जथाभावी खुलेका बधशाला र मासु पसलले एकातिर जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने जोखिम बढाएको छ भने अर्कातिर व्यवसाय सञ्चालनबापत राज्यले पाउनुपर्ने करसमेत छली गर्ने गरेको स्थानीयले बताएका छन् । नगरपालिकाकै मिलेमतोमा अनुदानको रकम दुरुपयोग र कानून उल्लंघन हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् । 

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले स्थानीय सरकारले केन्द्रीय कार्य विधिलाई मान्नु पर्ने बाध्यात्मक व्यवस्था नभएकाले नगरपालिका क्षेत्रभित्र गरिने कामको अधिकार नगरपालिकाको हुने बताउनुभयो । 

जिल्लाभर तीनवटा पशु बधशालाले मात्र सञ्चालनको अनुमति पाएका छन् भने निर्माणाधीन एउटाको आइइ नगरेको भन्दै निर्माणमा रोग लगाइएको छ । धादिङ जिल्लामा २०० को हाराहारीमा मासु पसल सञ्चालनमा रहेकामा ७५ वटा मासु पसलले मात्र मासु बिक्री गर्न अनुमति पाएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी