२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुस्लीम महिला हज गर्न जाँदा हिन्दु महिलाले रोएर विदाई गरे – ७ तश्विर

११ श्रावण २०७५, शुक्रबार १३:३९

प्रेम सुनार | साउन ११, गुल्मी | मान्छेले  मान्ने ईश्वर र गुरु फरक होलान । मन्दिर मस्जीद र चर्चहरु फरक होलान तर मान्छेको मन उहि रहेछ । मानवियता र आत्मियता जात जात विच र धर्म धर्म विच फरक रहेन छ ।

आज गुल्मीको सदरमुकाम तम्घासमा देखिएको दृश्यले यहि कुरा स्पष्ट पारेको छ । यहाँबाट मुस्लीम समुदायकी एउटी बृद्धा महिला र उनका छोरा सउदी अरवमा हर्ज गर्न जानका  लागि विदाई कार्यक्रम थियो ।

अर्घाखाँची पुर्खेयौली घर भई ३२ वर्ष देखि सदरमुममा ब्यवसाय गर्दै स्थायी वसोवास समेत गर्दै आई रहेकी ६४ वर्षिया  खातिजा बेगम सुहानी, उनका जेठा छोरा जिउल्ला वेगम सुहानी हर्ज गर्नका  साउदी अरव साउन १६ गते काठमाण्डौंबाट उडान हुँदै छ ।


त्यसका लागि आज विहानै देखि मस्जीदमा  सामुहिक भोज भतेर पछि  यहाँका मुस्लीम समुदायले आफ्नो धार्मिक विधि अनुसारको विदाई कार्यक्रम सुहानीको घर मै राखेका थिए ।  त्यहाँ त्यही समुदायले मात्र नवाज पढेर अंगालो  हाल्दै र आँशु झार्दै विदाई गरेका थिए । 

उनिहरु कति वेल तल झर्छन र विदाईको पुष्पा गुच्छा दिउँला भन्दै  कुरेर बसेका हिन्दु र वौद्ध धर्म मान्नेसमुदायका महिला र पुरुषहरुले भिमचोकमा आई पुग्दा सवैका आँखामा आँशु बनााई दिए ।

भिमचोकमा पसल गर्ने सिता पाण्डे  ति आमा छोरालाइ विदाई गर्न आउँदै गर्दा उनको आँखाबाट आँशु खसी रहेका थिए । आमा… राम्रै सञ्चै हज गरेर आउनु होला, स्वास्थ्यको ख्याल गर्न होला भन्दै उनले हाम हालिन ।

उताबाट झविन्द्र सुनार र उनकी श्रीमति गंगा सुनार  पनि आँशु खसाउँदै  उनिहरुलाई खादा र पुष्पागुच्छाले विदाई गर्दै थिए । ३२ वर्ष अघि करिव ३० हजारका चुरा बेच्न भिमचोककी खिमकुमारी श्रेष्ठको  त्यति वेलाको कच्ची घरको  एउटा साँघुरो कोठामा तिन भाई छोरा लिएर कष्टकर जिवन बिताएकी  थिईन  सुहानीले ।


अहिले सदरमुक तम्घासमा व्यस्त सडक छेउँमा चार चार तले पक्की घर कि मालिक बनेकी छन । लाखौंको कारोवार गर्ने तिन तिन वटा फेन्सी पसलकी मालिक पनि भईन उनि । आज  हर्ज गर्न गुल्मीबाट दोश्री महिलाको अवसर समेत पाएकी उनि विगतको त्यो दुख कष्ट सम्झीदा रोईन ।

हिजो उनै  घरधनी ९४ वर्षिया खिमकुमारी  र  शोभा श्रेष्ठले अरुलाई थप भक्कानो छाड्ने बनाए ।  शोभा श्रेष्ठ आमा.. भन्दै  हाम हालेर भक्कानो छाडिन । भनिन–‘ माथी आमाले तपाईलाई बोलाउनु भएको छ ।’  

माथी घरमा खिमकुमारी खाडिए हिड्न नसक्ने भएकोले बोलाएकी रहिछन । सुहानीका आमा छोरा माथी हजुर आमाको आशिवार्द लिन जाँदा पाउँ परेर सुहानीले आशिर्वाद मागिन ।  र, भक्कानिदै भनिन ‘आमा म नआञ्जेल मेरा छोरा छोरी तपाईका जिम्मा है.. । ’    खिमकुमारी र  शोभा श्रेष्ठले सुहानीलाई अँगालोमा कस्दै र भक्कानिदै भने–‘ राम्रो संग हज गरेर आउनु होला,  यता घरको केहि चिन्ता लिनु पर्दैन ,  हामी छौं…। 


त्यस पछि छोरा सुहानी ति हजुर आमाको शिरमा शिर जोडेर आशिर्वाद थापे । उनि पनि भक्कानिदै तल झेरे ।

सुहानीका ५० वर्षिया छोरा श्रेष्ठ परिवार संग हिजो डेरा बस्ने ताकाको  वालापनमा  जस्तै दुधे वालकका रुपमा प्रस्तुत भई रहेका थिए ।  हजुर आमा संग विदा भएर उनिहरु तल झर्ने क्रमममा  ति हजुर आमा फेरी डाको छाड्दै भनिन , मेरी नानी कहिले आउने हो , म बाँच्छु कि बाँच्दीँन  , नानी , वावु राम्रै संग गए,  आएको देख्न पाउँ ।’


बृद्धा सुहानीलाई फेरी महेशकुमार श्रेष्ठका तोतेवालकलाई चुम्न मन लाग्यो । वुहारीको काँखमा थिए ति तोते वालिक  धैरे वेर सम्म चुम्दै बुहारीलाई आशिर्वाद दिईन । उनिहरु आमा छोरा गाडीमा चढेर जाँदा हिन्दु, मुस्लीम संगै उभिएर  आँशु बगाउँदै  थिए ।   अन्य धर्मलम्वी र सवै जात जाती विच यस्तै दृश्य देशैभर र सधै देख्न पाईयोस्…………..


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली