२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अधिनायकवादी ओली, अस्पताल गोली..’

१५ श्रावण २०७५, मंगलवार १३:३८

प्रेम सुनार | साउन १५, गुल्मी | पेचिला र मिठा नारा बनाउन असाध्धै  सिपालु छ कांग्रेस भनेर विपक्षहरुले  आलोचना गर्दै आई रहेको बेला आजको विरोध जुलुसमा पनि निकै पेचिला र मिठा नारा सुनियो सदरमुकाम तम्घासमा ।

‘अधिनायकवादी ओली, अस्पतालमा गोली….,  तिम्रो मार्सी  चामलले  समाजवाद आउँदैन.. , ओलीको पाराले  दुख पाए साराले… ओली सरकार देखियो न्यायको घाँटी रेटियो…बढ्दो कर खारेजी गर बढ्दो महँङ्गी नियन्त्रण गर..’ जस्ता नाराहरु घक्नकाउँदै तम्घास बजार परिक्रममा गरेको  विरोध जुलुस  वालमन्दिर प्रङ्गााणमा आई सभामा परिणत भएको थियो । 

जुलुसमा झण्डै ८० प्रतिशत महिलाहरु देखिन्थे । गाउँगाउका अगुवा कार्यकर्ता मात्रैले पनि जुलुसको लर्को निकै लामो थियो । अग्रभागको मोर्चा पार्टी सचिव विष्णुकुमारी सापकोटा सहित महिलाहरुले सम्हालेका थिए ।

विचमा अर्का सचिव खिलध्वज पन्थी र त्यस भन्दा  पछाडीको मोर्चामा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरु थिए । पानी परिरहेको थियो । छाता ओढेरै चर्को चर्को स्वर सरकारप्रति निकै आक्रोषित मुद्रामा कार्यकर्ताहरु प्रस्तुत भएको देखिन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय सदस्य गुरुप्रसाद घिमिरे ढिलो गरी आउँदा जुलुसमा सहभागि हुन पाएनन । कार्यक्रम सुरु भएको धेरै ढिलो आई आई पुगेका थिए ।  अतिथीहरु भएभरका जिल्ला सदस्य, क्षेत्रिय सदस्य जनवर्गिय संगठनका सवै र बक्ताहरु  पनि धेरै जना बनाईएकोले पट्यारो लाग्दो बनाईएको थियो ।


कम्युनिष्टहरुलाई तल्ला छेँउँ पारेर  भाषण गर्न अझ भनौं  उनिहरु मान्छे नै होईन जस्तो  गरे  बोल्न खप्पीस  पुर्वपाटी सभापति सुरेशचन्द्र भुसालले मास तताउन खोजिरहेका थिए । तर पानी आउन लागेको भन्दै प्रमुख अतिथीलाई छिटो बोल्न दिन पार्टी सभापति श्रेष्ठले रोक्न लगाए ।

प्रमुख अतिथी  र केन्द्रिय सदस्य जस्तो जिम्मेवार ब्यक्ति घिमिरेको कम्युनिष्ट प्रतिको गाली गलौज अलि तुच्छखालको लागेको प्रतिकृया दिदै थिए वाहिर बसेर सुनिरहेका विपक्षी दलका कार्यकर्ताहरु ।

शान्ति प्रकृया पछि विपक्षीहरुका नेताहरुलाई ईङ्गित नै गरेर गाली गलौज गर्ने  संस्कृति हट्दै गएको थियो नेकपाका एक कार्यकर्ताले भने आज कांग्रेस नेताहरुको भाषण सुन्दा २०४६ साल पछि बहुलताका जस्तै  लाग्यो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य