2026-09-13 08:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा, सर्वदलिय समितिद्धारा सुचना माग

साउन १८, सिरहा। विगत केहि महिनादेखि जारी रहेको कर्जन्हा नगरपालिकाको विवाद उत्कर्षमा पुगेको छ । विकृति विसंगति रोक्ने उदेश्यले नगरपालिमामा भइरहेको गतिविधिको पारदर्शी रुपले सार्वजनिक गर्न माग गर्दै स्थानिय राजनितिक दलका अगुवा नेता कार्यकर्ताहरुले विभिन्न सुचना तथा विवरण उपलब्ध गराउन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । 

स्थानिय राजनितिक दलहरुले  नगरपालिका स्तरीय १९ सदस्य सर्बदलिय समिति गठन गरी आ.व. २०७४÷०७५ मा वडा तथा नगरस्तरीय बिनियोजन भएका बजेट, योजना ईस्टिमेट र खर्चको विवरण लगायत ६ बुँदे माँग पत्र नगरपलिकामा बुझाएका छन् । 

समितिले विहिवार नगरपालिकाको मुल गेटमै पत्रकार सम्मलेन गरी आ.व. २०७४÷०७५ मा वडा तथा नगर स्तरीय खरीद गरेका जिन्सी, सवारीसाधन र  लागेको खर्च विवरण, आ.व. २०७५÷०७६ को योजना, नीती तथा कार्यक्रमको  विवरण, कन्टेन्जेन्सी वाप्नत कटाएको रकमबाट भएको काम र लागेको खर्चको विवरण, न्यायिक समितिको कार्य प्रगति विवरण र करको विवरण माग गरेका छन् । समितिको संयोजक राम औतार राईको नेतृत्वमा गएको टोलीले नगरपालिकाका मेयर गंगा पासमान र उमेयर ज्ञानु श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै माँग गरिएको सुचना उपलब्ध गराउन आग्रह गरेका छन् । 

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस बिज्ञप्ती मार्फत नगरपालिकामाथी १५ बुँदे समितिले आरोप लगाएका छन् । समितिले नगरका ११ वटा वडामा एक लाखका दरले विनियोजित ११ लाखको बजेट बिना निर्णय वडा नं. ६ को एक पोखरीको पुनः निर्माणमा खर्च गरी अनियमितता गरेको, लोक सेवाको परीक्षा तयारी गर्न ५ लाखको बजेटमा ३ लाखको किताब मात्र खरिद गरी बजेट दुरुपयोग गरेको, निर्णय बिना वडा नं. ६ को वेतहामा सडक निर्माण गर्न लगाई भ्रष्टाचार गरेको, आन्तरिक कोषबाट सवारी साधन खरिद गरी अख्तियार दुरुपयोग गरेको, आ.व. २०७४÷०७५ को यथार्थ आय–व्यय विवरण प्रस्तुत नगरी १ करोड ५० लाख अघिल्लोबाट ल्याएको देखाई बजेट अपचलन गरी भ्रष्टाचार गर्न खोजेको र नगरपालिका भवनमा आगजनी गरेका दोषीहरुलाई पता लगाउन नसकेको लगायतका १५ बुँदे आरोप नगरपालिकामाथी लगाएका छन् । 

मेयर गंगा पासमान ज्ञापन पत्र बुझ्दै माँग गरेको सूचना उपलब्ध गराउन आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । माग गरिएको सूचनाहरुको विवरण  छिट्टै उपलब्ध गराउने भन्दै मेयर पासमानले कामको कागजातहरु दुरुस्त रहेकोले सूचना दिन कुनै समस्या नरहेको दाबी गरे । कर्जन्हा नगरपालिकामा विकास निर्माणका कार्यहरु रोक्न र दलित मेयरलाई बदनाम गर्न केहि तत्वहरु नै सकृय रहेको समेत उनले आरोप लगाए ।  

उपमेयर ज्ञानु श्रेष्ठले समितिले माँग गरेको विषय जायज रहेकोले छिट्टै उपलब्ध गराउने आश्वासन दिएका छन् । लामो समयदेखि नगरपालिकाका कार्यकारी अधिकृत रमेश दास कार्यालयमा उपस्थित नहुँदा कार्यालयका कामकाज लथालिङ्ग भएको र मेयरसंग मिलेमतो गरी काम गरिरहेको उपमेयर श्रेष्ठले आरोप लगाए । अधिकृत दास कार्यालयमा नआएको अवस्थामा पनि हाजिरी गरिरहेको समेत उनले बताईन् । 

समितिमा नेपाल कम्युनिष्ट पार्टी, संघिय समाजबादी फोरम, नेपाली कांग्रेस, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनर्माचा नेपाल र नागरिक समाजका प्रतिनिधिहरु गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन