Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हामी भोकै मर्ने भयौं, गुहार पाउँ

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार | साउन २१, गुल्मी | हे हजुर,  मेरो श्रीमान भाग्नु भयो । म अकला–विकला परें, घरको छान छैन । चुहेर बेहाल छ । तिन छोरा छोरी छन । घरमा अन्नको गेडा छैन । तिन दिन देखि छोरा छोरी भोकै छन । म के गरुँ ?  हाम्लाई भोकै मर्नबाट बचाई दिनुस्, गुहार पाम् ।

यसरी डाको छाड्दै आज सोमबार विहान गुल्मीको बाँझकटेरीबाट एउटी महिलाले फोन गरिन । बाँझकटेरी गाउँ गुल्मीको विकट थलो हो । हालको मदाने गाउँपालिका वडा नम्वर–२, बाँझकटेरी ओख्रेनी गाउँकी मिना परियार हुन उनि ।

चार दिन अघि उनका श्रीमान ईन्द्रबहादुर परियारलाई तिन सन्तान सहित सदरमुकाम तम्घासमा खोज्न आएकी थिईन उनि ।  त्यस दिन वुटवल हिड्न लागेको यस समाचारदाता उनको त्यो रोदनको तस्वीर सम्म खिच्न भ्याएन ।

उनि जिल्ला प्रहरी कार्यालयमा श्रीमानको खोज तलास गरी पाउँ भनि उजुरी दिन आएकी थिईन । उनि घरबाट आउन कै दिन साँझ श्रीमानको कुटार्ईमा परिछन ।  त्यस लगत्तै डेराबाट हिडेका उनि तम्घासकै बाटाकाचौर भन्ने स्थानमा चार जना युवाहरुबाट निर्घात कुटाईमा परेको र त्यस पछि बेपत्ता भएको उनि बताउँछिन ।

रुँदै उनले भनिन–‘साथमा पैसा छैन, श्रीमानलाई खोज्न तम्घास आउँ भने कसरी आउँ ? यी छोरा छोरी छाडेर आउँ भने भोकै मर्ने हुन कि भन्न डर भयो । म तपाईलाई भेटेर श्रीमानको खोजी  गर्न चाहन्छु तर मलाई यहाँ एक सुका ऋण दिने कोही भएनन । ’

उनको त्यो रोदन र चित्कारले करुणा जागेर मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीलाई फोन गरियो । उनको फोन उठेन ।  त्यस पछि त्यहाँका प्रमुख प्रशासकिय अधिकृत सुरेश भण्डारीलाई फोन गरियो । ति महिलाको विपद् बारे भण्डारीलाई अवगत गराए पछि उनले भने–‘ मैले भर्खरै मेरै तलवबाट भए पनि  उनको उद्धार गर्छु ।’

भण्डारीले तत्कालै त्यहाँका वडाध्यक्ष माधव भुसाललाई बुझ्न लगाएर त्रिपालले तत्काल उनको घर छाई दिने ।  एकादुई बोरा चामल पठाई दिने र तम्घास सम्म उनि जाने बाटो खर्च आफ्नै तलवबाट दिने बताएका छन ।

स्थानियका अनुसार ति महिलाको सम्पत्तिका नाममा उनको त्यही चुहिने छाना भएको वास मात्रै हो । उनलाई सहयोग गर्न चाहने महानुभावले उनको मोवाईल नम्वर ९८६७७९१४७४ मा सम्पर्क राख्न सक्नु हुनेछ ।