2026-09-14 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दाङमा धान रोपेको १ महिना नबित्दै ब्लाष्ट र गबारोको संक्रमण

साउन २२, तुलसीपुर | यहाँका किसानले लगाएका धानबालीमा ब्लाष्ट (मरुवा) रोग र गबारोको संक्रमण देखापरेको छ । रोपेको एक महिना नबित्दै धानबालीमा यस्तो रोग देखा परेपछि उत्पादन घट्ने चिन्तामा किसान छन् । 

कहिले पानी अभाव त कहिले रोगको चिन्ताले वर्षेनी सताउने गरेकामा यस वर्ष पनि समयमै खेती पनि भएन । अहिले आएर गबारो र ब्लाष्टको संक्रमणले धानबाली सखाप पार्न थाल्यो भन्दै उपचारका लागि धानको बोट लिएर कृषि सेवा केन्द्रमा आउनुभएकी तुलसीपुर–६ की किसान कल्पना चौधरीले यहाँका धेरै किसानका धानमा यस्तो देखिएको छ भन्नुभयो । 

धानमा रोग देखा परेपछि दिनहुँ किसान बजारका एग्रोभेट, कृषि सेवा केन्द्रमा आउने गरेका छन् । 

पश्चिम दाङका बाघमारे, शान्तिनगर, पवननगर, फूलबारी गोलटाकुरी, हलवार, मानपुर, टरिगाउँ, डुरुवाका विभिन्न वडाबाट किसान कृषि सेवा केन्द्र र तुलसीपुरका एग्रोभेटमा उपचारको उपाय खोज्दै आउने गरेका छन् । 

धेरैजसो किसानका धानबालीमा गबारो र ब्लाष्ट रोग देखा परेको तुलसीपुर उपमहानगरपालिका कृषि सेवा केन्द्रका प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले कतैकतै भने जिंकको समस्याका कारण खैरो रोग लागेको भन्ने गुनासो आएकाले रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिइएको बताउनुभयो 

धेरैजसो हाइब्रेड जातको युएस ३१२ धानमा यो रोग देखा परेको छ । “दैनिक आठ÷दश किसान कार्यालयमा आउँछन्, समस्या लिएर रोगको नियन्त्रणको उपाय सिकाएर पठाउने गरेका छौँ”,उहाँले भन्नुभयो । 

धुलेब्याड राखेका स्थानका धानमा बढी रोग देखिएकाले किसानलाई आगामी वर्ष हिलेब्याड राख्न सल्लाह दिएको प्रमुख केसीले बताउनुभयो । तुलसीपुरस्थित एग्रीनेपाल प्रालिमा पनि दैनिक ३०जनासम्मले धानको बोट बोकेर आउने गरेको कृषि प्राविधिक माधव केसीले जानकारी दिनुभयो । 

ब्लाट रोगका लागि ‘हेक्जाकोनाजोल’ तथा नेटिभो वाण र गबारोका लागि ‘कोलेरो पाइरीफष्ट’ वा साइपरमेथ्रीन साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिइएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले