Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा मान्छेद्धारा मान्छेको ब्यापारः यसरी ठगिन्छन् नेपालीहरु !

By kit 14 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

प्रेम सुनार । साउन–२४, गुल्मी।  आफ्नै देश  त्यसमा पनि आफ्नै शहरमा मासिक १६ हजार देखि २२ हजारसम्म तलव खाने गुल्मीका एक युवालाई  पहिलो महिनामा कम्तीमा २५ हजार भा.रु. कमाउन  सकिने प्रलोभन देखाउँदै भारतको एक कम्पनीमा लगियो ।

तर उनि एक हप्ता मै रित्तो हात  बुधवार विहान सदरमुकाम तम्घास फर्किएका छन । उनि हुन मालिका गाउँपालिका वडा नम्वर ५, छापाहिलेका प्रेमबहादुर जिसी ।  त्यही सपनाको खेती पस्कीदै उनि संगै गएका  उनका छिमेकी अर्का युवा तुल्सी गिरी  पनिसंगै फर्किएका छन ।  उनिहरु त प्रतिनिधीमुलक  पात्र मात्रै हुन । देशैभरका  बढि मात्रमा अनपढ् र  बेरोजगार  थुप्रै युवाहरु त्यसरी नै ठगिनु र भागेर आउनु पर्ने अवस्था रहेको  ति दुईले बताए ।

भारतको उत्तर प्रदेश अयोध्या फैजावाद पञ्जवती होटल नजिकै रहेको  छोटकरीमा CMS  कम्पनी भनिने र पुरानामChageofera magasals pvt.ltd रहेको कम्पनीमा नेपालका युवाहरुलाई त्यस्तो खालको सपना देखाउँदै लैजाने र  ति मध्ये सिमितलाई मात्र कमाउने माध्यम बनाई दिने अरु अधिकांसलाई  जिवनमा समृद्धि ल्याउने  तालिम  दिने नाममा ठग्ने गरेको थुप्रै नेपालीहरुले बताउँदै आएका छन ।

यस्तो छ सपनाको खेती

पहिला एक हप्ताका तालिम गर्नु पर्छ भनिन्छ । आवत जावत सहित  नेपाली करिव १६ हजार खर्च गरेर तालिम लिए पछि काम नै नगरी बसी बसी लाखौं हाम्दानी लिन पाईन्छ यो अवसर नगुमाउनु भनेर दलालहरुले  उक्साउँ छन् ।  एक जनाले पाँच जना लैजान सके प्रतिशतको आधारमा तलव यस प्रकार  भनेर भनिन्छ ।

५ जना मान्छेलाई त्यही एक हप्ते तालिममा लैजाने गरी २० प्रतिशत रकम पाउन चाहनेले  ८ हजार भारु तिर्नु पर्ने  । २५ प्रतिशत रकम पाउन पहिले नै ३५ हजार दिनु पर्ने । ४१   प्रतिशत पाउन ९५ हजार तिर्नु पर्ने नियम बनाईएको छ ।  त्यही अनुसारको कमिशन क्रमशः २५ हजार मासिक, ६५ हजार एक लाख देखि डेढ लाख सम्म सुरु मै , पछि क्रमशः लाखौं लाख बढ्दै जाने बताईन्छ ।

त्यसो गरे दुई चार वर्ष भित्रैमा आलिशान महलको मालिक र चिल्लो कारमा चढिने निश्चित भनिए पछि लाखौंलाख तिरेर विदेश जानु भन्दा त्यो भन्दा कम पैसामा छिमेकी  देश मै ठिक भन्दै युवाहरु  त्यहाँ  जान आकर्षित हुने गरेका छन ।  त्यस कम्पनी पिडित जिसी भन्छन–‘ असार मशान्त सम्म आफ्नै मालिका गाउँपालिकाको भिलेज प्रोफाईल बनाउन मै ब्यस्त थिएँ ।

त्यस अघि एक  ग्र्रैह्र सरकारी संस्थामा १७ हजार तलव खान्थें , त्यस अघि २२ हजार सम्म तलव खान्थे आफ्नै जिल्लामा बसेर । साथी गिरीको नेपालगञ्ज स्थित साथी सउदी अरवमा संगै बसेका रहेछन । उनले त्यस्तो कमाई हुने बताए पछि त्यस्तो त छाड्न हुन्न भनेर पछिल्लो १६ हजार तलव खाने जागिर हापेर हिडे ।

त्यहाँ पुग्दा त आलिशान सिसैसिसाको भवन । बोर्डमा दर्ता नम्वर पनि देखियो  । भित्र जाँदा कोट पाईन्ट र टाईमा सजिएका मानिसहरु देख्दा आफु पनि भोलीका दिनमा त्यस्तै बनिने त होला भन्ने मनमा सपना सलव्लायो ।  अर्को दिन देखि त्यहाँको बातरवरण बुझ्दै जाँदा कति वेला फर्कऔं  जस्तो लाग्यो ।

जिवनमा आमुल परिवर्तन कसरी ल्याउने ? भन्ने वारे मिठा मिठा सपना सहितका प्रवचन दिईदो रहेछ । तोकिएको त्यही प्रतिशत अनुसारका कपडा पनि भने जस्ता दिईदो रहेछ ।  तालिमा प्रवेश शुल्क र खान बस्नका लागि ६ हजार भा.रु . तिर्नु पर्दोरहेछ ।  त्यस पछि मात्र आफुले चाहेको प्रतिशतको रकम तिर्नु पर्ने रहेछ । त्यति वेला छैन भने घर फर्केर तिर्न गए पनि हुँदो रहेछ ।

काम केहि गर्नै नपर्ने , खाली मान्छेले मान्छेलाई पाँच पाँच जनाका दरले त्यस तालिममा लैजाने, ति ५ जनाले पनि जनही अरु पाँच पाँच जना  लैजाँदै जाने रहेछ । ’

उनले थपे–‘  लाग्यो मान्छेले मान्छे कै ब्यावार गर्ने रहेछ , आफु त  फँसियो, फसियो तर म जस्ता अरु नेपालीहरु प्नि फस्न नपरोस् भनेर सञ्चार माध्यममा यो खुलासा गरेका हौं ।   हाम्रो टोलीमा १० जना पुगेका थियौं । एक जना पोखराका युवा  तिन दिन मै भागेर आए । हामी पनि त्यसरी आउन खोजेका थियौं । हामीलाई एक जना ठुला मान्छे लाग्नेले फकाए पछि तालिमभर बस्यौं र कान समातेर फर्किएका छौं । ’

ठगिएका ति युवाद्धयका अनुसार त्यस कम्पनीका डाईरेक्टर राजेन्द्र चौधरी भन्ने ब्यक्ति हुन । उनले आफु १२  बर्ष सम्म बुटवलमा पत्रकारिता जस्तो पेशा छाडेर त्यसमा लागेको भन्दै युवाहरुलाई हौंसाउने गर्दछन ।

बुटवलका पुराना पत्रकार तथा नेपाल पत्रकार महासंघ ५ नम्वर प्रदेशका उपाध्यक्ष भरत केसी संग बुझ्दा आफुले अहिले सम्म त्यो नाम गरेको पत्रकार बुटवलमा रहेको नसुनेको नचिनेको बताए ।

जहाँ गुल्मी शान्तिपुरका विमल अर्याल, धुर्कोटका राज शर्मा बताउने पनि अगुवा हुन । उनकै तहमा आँपचौरका प्रदिप खरेल भन्ने पनि रहेको उनिहरुले बताए । त्यस पदलाई डिकु भन्ने गरेको उनिहरुको भनाई छ । गुल्मीका यी दुई युवालाई नेपालगञ्जका लोकराज सुवेदीले बोलाएर लगेको बताए ।

गिरी र उनि पाँच बर्ष सम्म सउँदी अरवमा संगै बसेको हुँदा बिश्वासले हिडेको निरास भएर फर्किएको गिरीले बताए ।  भारतस्थित त्यस कम्पनीका अगुवा मध्येका एक जना मार्फत समाचारबारे प्रतिकृयाका लागि जानकारी दिए पछि उनै प्रमुख भनिएका चौधरीले सुरुमा छोटो मिसकल मात्रै  गरे ।

त्यस पछि त्यस नम्वरमा पटक पटक फोन गर्दा फोन उठाउँदै उठाएनन ।   अगुवा मध्येका एक भनिएका सुन्दर क्षेत्री भनिएका ब्यक्तिले भने फोन उठाए । उनले छोटो प्रतिकृया दिदै भने हामीले मानिसको जिवन सुधार्ने हो, ईच्छा लाग्ने बस्छन नलाग्ने जान्छन , मैले भन्ने यति हो बाँकी कुरा चौधरी सर संगै गर्नुस् ।’

पछि बुधवार साँझपख उतैबाट फोन गरे त्यस कम्पनीका जिम्मेवार ब्यक्ति मध्येका एक जनाले ।  त्यस कम्पनीमा प्रकाश शर्मा भन्ने ब्यक्तिले फोन गरेर भने–‘ यो हाम्रो मल्टी   लेवल विजनेस कम्पनी हो । सात दिनको तालिम दिन्छौं । उक्त रकम पनि लिन्छौं ।

२० प्रतिशत  कमिशन पाउनेले ८ हजार तिर्नु पर्छ । २५ प्रतिशतवालाले ३५ हजार र ४१  प्रतिशत वालाले १ लाख तिर्नु पर्छ । सात दिनको तालिम सकेर हामी घर पठाउँछौं । घर गएर निर्णय लिने जिम्मा उनिहरु कै हो । मेरो घर पनि गुल्मी नै हो तर मेरो जन्म  पठन पाठन सवै यहि भएको हो । मैले यो विजनेश  पाँच वर्ष देखि  गर्दै आएको छु । चौधरी सर सहित चार पाँच जना डाईरेक्टर हुनुहुन्छ । ’

अरु धेरै फर्किए पनि करिव ११ सय जना त्यस सपनाको खेलोखेतीमा भएको पाईए पनि लाखौं कमाउने त्यहाँका सिमित ब्यक्ति मात्रै भएको ति युवाहरुको भनाई छ । जहाँ केहि नेपाली युवतीहरु पनि   लैजाने गरिएको छ ।  युवाहरुबाट त्यसरी लिईएको रकमले अनेक परिकार सहितको पार्टी गरिन्छ । हल भित्र नाच्ने झुम्ने गरिन्छ ।

फोटो र भिडियो खिच्न मनाई गरिए पनि गुल्मीका युवाहरुले लुकेर भिडियो नै खिचेर आएका छन । पैसा तिरे पनि खान आफुहरुले नै पकाउने र एउटा हलको भुँईमा सुताईन्छ । गत वर्ष देखि त्यस कम्पनीमा गुल्मीबाट यस अघि पनि थुप्रै  युवाहरु त्यस तालिमा पैसा खर्चेर निरास हुँदै फर्किएका छन ।  तस्वीरमा उक्त कम्पनीको गेट र तालिम दिदै गरेको