२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सप्तरीको तिलाठी कोइलाडीमा शतप्रतिशत विद्यालय भर्ना

२४ श्रावण २०७५, बिहीबार १६:५५

साउन २४, राजविराज | सप्तरी तिलाठी कोइलाडी गाउँपालिकालाई आज शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । 

तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह चोक (जिरीया हटिया)मा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । 

पाँचदेखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । 

सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले विद्यालयलाई दिने खाजाभत्ता अब विद्यार्थीको आमाको नाममा बैंकमा खाता खोलेर दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको नाममा दिने खाजाभत्ता अभिभावकले खर्च गर्ने भएकाले आमाको नाममा भत्ता दिनुपर्ने बताउनुभयो । 

विद्यालयमा दिने खाजाभात्तामा समेत भ्रष्टाचार हुन थालेको गुणासो आइरहेको बताउँदै उहाँले आमाको नाममा खाता खोलेर खाजाभात्ता उपलब्ध गराउन सक्यौं भने भ्रष्टाचार कम हुने विश्वास व्यक्त गर्नुभयो । 

तिलाठी कोइलाडी गाउँपालिकामा पाँच देखि १२ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका पाँच हजार ९५१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको शिक्षा विकास समन्वय एकाइका अध्यक्ष शंकरराज लुइँटेलले जानकारी दिनुभयो । 

भर्ना भएका बालबालिकामध्ये निजी विद्यालयतर्फ दुई हजार २७३ र सामुदायिक विद्यालयतर्फ तीन हजार ६७८ रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा मन्त्री साहले तिल्लाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चोकमा गजेन्द्र नारायण सिंहको शालिक निर्माणका लागि रु १० लाख दिने घोषणा गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ