2026-09-01 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा यस्तो मेजर जसले नेपाली सेनाको तलव पुरै समाज सेवामा खर्चिन्छन्

प्रेम सुनार। साउन–२६, गुल्मी । गत तिन दिन देखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन  प्रतियोगिता  भईरहेको छ । शनिवार विहान समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका त्यस खेल प्रेमी र प्रतियोगिहरुको सहभागिता रहेको छ ।

त्यस प्रतियोगिताको पुरै खर्च ब्यहोर्ने ति एउटै ब्यक्ति हुन नेपाली सेना विरभद्रजंग गुल्म धागीथुम ब्यारेकका गुल्मपति सेनानी जनमत कार्की । नेपाली सेनाको खेलाडी पृष्ठभुमीबाट प्रवेश गरेका कार्की यहाँ आए देखि विभिन्न खेलमा  समेत ब्यक्तिगत सहयोग गर्दै आएका छन ।

जिल्ला भित्र होस वा बाहिर प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई खेल सामग्री र प्रोत्साहन दिने गरेका छन । रेसुङ्गा नगरपालिका वडा नम्वर–४ सेउवा निम्न माध्यामिक विद्यालयमा अपाङ्ग मैत्री शौचालय ब्यक्तिग खर्च मै निर्माण गरी दिए । रुरु गाउँपालिका वडा नम्वर ४ को वम्घामा उनले त्यहाँका पुरै विद्यार्थीहरुलाई कपी कलम, खेल सामग्री आफै पुगेर बितरण गरे ।

जहाँ उनले एक दिने शिविर राखेर त्यहाँ विद्यार्थी र उनका अभिभावकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराई दिए । त्यहाँका सवै भन्दा विपन्न विद्यार्थी छानेर उनले ति विद्यार्थीको अभिभावक बन्दै उच्च शिक्षा सम्म आफ्नै खर्चले अध्यान गराई दिने घोषणा गरेका छन ।

हरि स्मृति प्रावि यसरी नामकरण गरिएको थियो । स्थानिय हरि कंडेललाई नेपाली सेनाले विरवासमा घेराउ  गरी मारेको थियो । त्यसै विद्यालयमा संयोगवस त्यस्तो कार्यक्रम लिएर पुगेका सेनानी कार्कीलाई त्यस विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण पौड्याल र अन्य बक्ताहरुले सेना आफैले लगाएको घाउँमा आफै मलमपट्टी लगाई दियो भनेर प्रशंसा गरेका थिए ।

को कहाँ असहाय छ ? को विपद्मा परेको छ ? उनले सञ्चारकर्मी र अन्य सरोकारवालालाई सोध्धै सहयोग गर्छन । यस्ता अनगिन्ती सहयोग उल्लेख गरी साध्य छैन ।  तम्घासमा युवा समाज सेवी रमेशजंग कुँवर भन्छन –‘ हुन त   यस अघि देखि नै जिल्लाको धार्मिक क्षेत्र संरक्षण , खेलकुद विकासमा नेपाली सेनाको अतुलनिय योगदान रहँदै आएको छ ।  

तर ब्यक्तिगत रुपमा अहिलेका मेजर सावको यति ठुलो योगदान विगतमा सायद विरलै भए होलान । उनको ठम्याई छ सामाजिक क्षेत्रमा उहाँको त्यो खर्च  उहाँको मासिक तलव भन्दा बढि होला । ब्याडमिन्टन संघका अध्यक्ष महेश काउछा भन्छन पछिल्लो यस ब्याडमिन्टन खेललाई मात्र होईन उहाँले हरेक खेलमा ब्यक्तिगत सहयोग गर्दै आउनु भएको छ । उहाँको तलव भन्दा बढि सामाजिक क्षेत्र मै खर्च गरेको स्पष्ट हुन्छ ।

कुनै समय पोखराका चर्चित समाज सेवी अमरसिंह चोकका स्वर्गिय डम्वरबहादुर कार्कीका छोरा हुन उनि । पोखरा नगरपालिकामा १५ वर्ष सम्म प्रधानपञ्च रहेका र पछि पोखरा कै मेयर रहेका कार्कीको तिन वर्ष अघि निधन भएको थियो । उनै पिता कार्कीको स्मृतिमा उनले करिव ३ लाख रुपैयाँ ब्यक्तिगत खर्च ब्यहोरेर ब्याडमिन्टन खेलको  खेलाएका हुन ।

उनले दाजुहरु मनोज कार्की, रामराजा कार्की र आफुलाई त्यस खेलको आयोजक बनाएका छन ।  सेनानी कार्कीको यस्तो योगदान प्रति यहाँका समाजसेवीहरु  च्कित र हर्षित छन ।

कार्की भन्छन म मेरो नाम राख्नका लागि होईन ।  सामाजिक उत्तरदायित्वमा नेपाली सेनाको मन र नाम देखाउन चाहन्छु ।  हरेक नेपाली सेनाको दिल दिमागमा  राष्ट्रको रक्षा जति गडेको हुन्छ त्यस्तै सामाजिक क्षेत्रमा पनि केहि गरेर देखाउँ भन्ने भावना जागृति हुन्छ । यस्तो म एउटा अधिकृत मात्रको होईन । हरेक अधिकृत देखि जवान सम्मको हुन्छ ।

त्यसैको एउटा प्रतिनिधी मुलक पात्र मात्रै हुँ म । उनले यहाँ  गुल्मपति सम्हाल्नुजेल आफ्नो पुरै तलव सामाजिक क्षेत्र मै खर्चिने उद्घोष गर्दै आएका छन ।  उनि थप्छन हामी नेपालीहरु मध्ये कोही भोकै मर्न नपरोस् । उपचार गर्न नसकेर , शिक्षा नपाएर बस्न नपरोस  यस्ता कुरामा मेरो चसो र चिन्ता छ । त्यस्ता कोही भएर खवर पाउँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली