2026-09-15 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शैक्षिक सुधारमा फलेबास नगरपालिका सक्रिय बन्दै

सुनिता शर्मा | साउन २६, पर्बत | फलेवास नगरपालिका भित्रको शैक्षिक सुधार तथा गुणस्तर अभिबृद्धिको लागि एक दिने कार्यसाला गोष्ठि सम्पन्न भएको छ ।

फलेवास नगर कार्यपालिकाको आयोजना तथा काठमाण्डौ विश्ववविध्यालयको साझेदारिमा नगरपालिका भित्रको शैक्षिक क्षेत्रको अवस्था, आवस्यकता  तथा विध्यालयको गुणस्तर बृद्धिको लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

शैक्षिक सुधारको लागि शिक्षक, अभिभावक, समुदाय,र शैक्षिक सघं सस्थाविच आपसि, सहकार्य समन्वय, र साझेदारीको आवस्यकता रहेको, काठमाण्डौ विश्वविध्यालयका प्रोफेसर डा. बालनन्द लुईटेलले बताउनु भयो ।

त्यस्तै उहाँले शैक्षिक सुधारको लागि स्वायं शिक्षकले हरेक दिन शैक्षिक मुल्यांकन गर्नु पर्ने बताउनु भयो । कार्यसालामा प्रोफेसर डा. लुइटेलले विध्यार्थि शिक्षक, व्यवस्थापकिय पक्ष तथा प्रशासनिक क्षेत्रको समस्या र तिनको समाधानको वारेमा विभिन्न अनुसन्धनामक विवरणहरु प्रस्तुत गर्नु भएको थियो । यस्तै फलेवास नगरपालिका संग सहकार्य गर्दै  नगरपालिका भित्रको शैक्षिक सुधारमा लाग्ने समेत उहाँले प्रतिबद्धता जानउनु भएको छ ।

यस्तै कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका अर्का प्रोफेसर ड. लक्षमण ज्ञावलिले पाठ्यक्रमको शिक्षा मात्र शैक्षिक स्तर वृद्धिमा पुर्ण नहुने भन्दै, अतिरिक्त क्रियाकलापमा जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै उहाँले परिर्वतित समय सगैँ शिक्षकले आधुनिक शिक्षा अर्जन गर्नु पर्ने बताउनु भयो । निति निमार्ण तथा कार्यन्वयनमा पनि विध्र्याथि तथा समुदायको सहभागितावाट मात्रै लक्ष प्राप्ति हुनेमा उहाँको जोड रहेको थियो ।

यस्तै अर्का प्रोफेसर डा. धनपति पौडेलले शैक्षिक सुधारको लागि समुदायलाई शैक्षिक क्षेत्रमा जोड्नु पर्ने बताउनु भयो । एउटै कलासमा पढन्े विद्यार्थीहरुमा फरक फरक क्षमता हुने हुदा विध्यार्थीको चाहना, भावना तथा क्षमता बुझेर पठन पाठन गराउन सके मात्र सिकाई उपलधि हुनेमा पौडेलको जोड रहेको थियो ।

यस्तै बरिष्ठ समाजसेवि भोलनाथ शर्माले शिक्षाको सुधार विना समाज विकास असम्भव रहेको बताउनु भयो ।

शैक्षिक स्तर बृद्धिको लागि सवै भन्दा महत्वपुर्ण जिम्मेवारी शिक्षकको रहने भन्दै शर्माले शिक्षक, उर्जावान, लगनशिल, अध्यनशिल बन्दै आफने जिम्मेवारी राम्रो सग बहन गर्न सकेमा शैक्षिक सुधार असम्भव नरहेको बताउनु भयो । असल शिक्षा र सस्कार विद्यार्थिहरुको लागि प्रदान गर्न शिक्षक आफै अध्यनमा लाग्नु पर्ने शर्माले बताउनु भयो ।

यस्तै कार्यक्रममा फलेवास नगरकार्यपालिका प्रमुख पदमपाणि शर्माले नगरपालिका भित्रको शैक्षिक सुधारको लागि विभिन्न १७ बुद्धे घोषण पत्र जारी गरि शैक्षिक सुधारको अभियानमा नगरपालिक लागेको बताउनु भयो । अंंग्रेजि मोहका कारण समुदायको अकर्षण निजि विध्यालयमा बढ्दै जादा समुदायिक विध्यालय खालि हुने अवस्थाको अन्तय गर्न यसै शैक्षिक सत्रदेखि नगरपालिकाको ११ वटै वडामा कक्षा १ मा अनिवार्य अंग्रेजि शिक्षा पठन पाठन को व्यवस्था गरिएको बताउनु भयो ।

नगरपालिकाको उदेश्य राम्रोलाई नराम्रो बनाउने नभई समुदायिक विध्यालयको शैक्षिक स्तर वृद्धि गर्दै निजी विध्यालयको शिक्षा सरह समुदायिक विध्यालयमा निशुल्क शिक्षा प्रदान गर्ने योजनाको साथ नगरपालिकाले कार्यक्रम अघि बढाएको बताउनु भयो ।

कार्यक्रममा फलेवास नगरपालिका भित्रका ११ वटै वडामा रहेका १४ वटा मध्यमिक विद्यालयका प्रअ, क्यम्पस प्रमुख तथा संचालक समिति अध्यक्षहरु, विद्यार्थी, वडा अध्यक्ष, व्यावस्थापन समितिका अध्यक्ष,श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि विद्यार्थिहरुले विध्यालयको पुस्तकालयमा पर्याप्त पुस्तक नहुने गरेको गुनासो गरेका थिय । यस्तै सवै विध्याथिहरुलाई बढि भन्दा बढि अतिरिक्त क्रिायकलापमा  सहभागि गाराउन समेत उनिहरुले आग्रह गरेका छन् । नगरपालिकाले नगर स्तरीय विभिन्न कार्यक्रममा जोड दिन समेत उनिहरुको सुझाब रहेको थियो ।

यस्तै विध्यालयका प्रधानध्यापक तथा व्यवस्थापन समिति अध्यक्षहरुले विषयगत शिक्षकको व्यवस्था गर्न नगरपालिका सगँ आग्रह गरेका थिय । शिक्षक दरबन्दि नहुदा सिमित शिक्षकले धेरै पढाउनु पर्ने बाध्यताले न्युन शैक्षिक उपलब्धि हासिल हुने गरेको गुनासो गरे ।  सामुदायिक विध्यालयमा अभिभावको निस्क्रीयता रहको भन्दै शैक्षिक सुधारको लागि समय समयमा नगरापालिका तथा अभिभावक वाट शैक्षिक मुल्यांकन तथा अनुगमन गरीनु पर्ने बताय  । यस्तै विगतमा विभेदपुर्ण तरिकाले शैक्षिक मुल्याङकन तथा पुरस्कृत गरिने गरीएको भन्दै उत्कृष्टता र बास्तविक शिक्षकको पहिचान गरि पुरस्कार गर्ने तथा दण्डको व्यवस्था गर्न आग्रह गरेका छन् ।

यस्तै वडा अध्यक्षहरुले सामुदायिक विद्यालयमा विद्यार्थी सङख्या कम हुदै जानु मुख्य चुनौतिको विषय रहेको बताय । नगरपालिकाका प्रशासकिय अधिकृत मोतिराम सापकोटा तथा प्रबक्ता टिकाराम गौडेलले गुणस्तरको नारा जुन रुपमा उचालिन्छ तर  त्यहि रुपमा व्यवहारमा लागु हुन नसकोको वताय । विद्यार्थीको भविश्य शिक्षक को हातमा रहेकोले उनिहरुको भावना वुझि पठन पाठन गराउन आग्रह गरे ।

कार्यक्रममा सहभागिहरुले विभिन्न सामुहिक छलफल गरि शैक्षिक चुनौति, समस्या, सम्भावना र विभिन्न माग नगरपालिका समक्षा व्यक्त गरेका थिय ।

नगर उपप्रमुख मञ्जु अधिारीको  स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगरपालिकाका व्यवस्थापक देवि प्रसाद तिमल्सिनाले गर्नु भयको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ