2026-09-15 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीका उखु किसानले भुक्तानी पाएनन्

साउन २७, नवलपरासी | पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । 

चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको बिक्री मूल्य दिन नमानेपछि किसान भुक्तानी पाउनबाट वञ्चित भएका हुन् । सरकारले प्रति क्विन्टन उखुको ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । किसानलाई उखु उद्योगीले प्रति क्विन्टल ४६५ रुपैयाँ ९२ पैसा दिँदै आएका छन् । 

सरकारले निर्धारण गरेको मूल्य नपाउँदा किसान ठगिएको उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । सरकारले चिनी उद्योगलाई यस अघि दिँदै आएको भ्याटबापतको सहुलियत रकम नदिएपछि उद्योगीले किसानबाटै असुल गर्ने गरेका छन् । बागमती खडसारी चिनी मिल, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी मिलमध्ये बागमती र इन्दिराले मात्र किसानको बाँकी रकम भुक्तानी गरिरहेका छन् । अघिल्लो वर्ष सरकारले उखुको प्रति क्विन्टल रु ५३१ मूल्य निर्धारण गरेको थियो । 

उचित मूल्य नपाएपछि पश्चिम नवलपरासीमा पछिल्लो समय उखु उत्पादनमा कमी आएको छ । समयमै मूल्य नपाउँदा किसान विस्तारै अन्य खेतीतर्फ आकर्षित हुन थालेका छन् । आफ्नो उद्योगले प्रति क्विन्टल ४६५ रुपैयाँ ९२ पैसाको दरले उखुको मूल्य भुक्तानी गरिरहेको सो उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले बताउनुभयो । उद्योगले किसानलाई करीब ५० प्रतिशत उखुको रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । 

सरकारले निर्धारण गरेको रकम उपलब्ध गराउन उद्योगी र किसानबीच समन्वय गराइरहेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । यहाँका चिनी उद्योगबाट करीब रु ४० करोड भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताले बताउनुभयो । जिल्लामा सात हजार हेक्टरभन्दा बढी जग्गामा उखुखेती गरिँदै आएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ