2026-09-16 09:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिन्धुपाल्चोकको हेलम्बुमा अर्थोडक्स चिया खेती शुरु

राम केसी | साउन २९, चौतारा | पर्यटकीयस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अर्थोडक्स चिया खेती शुरु गरिएको छ । 

करीब तीन दशकअघि स्याउखेतीमा चर्चित उक्त गाउँमा स्याउमा लाग्ने रोग नियन्त्रण नभइ सबै स्याउ सखाप भएपछि गाउँपालिकाभर चिया खेती शुरु गरिएको उक्त गाउँपालिकाले जनाएको छ । 

गत वर्ष नै तिम्बुमा चियाको नर्सरी स्थापना गरिएकामा यसवर्ष त्यहाँ उत्पदित ३१ हजार बिरुवा वडा नं १,२,४,६ र ७ का किसानलाई निःशुल्क वितरण गरिएको उक्त गाउँपालिकाको कृषि प्राविधिक रमा कार्कीले जानकारी दिनुभयो । 

चिया खेतीका लागि उक्त गाउँपालिकामा कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखाले गतवर्ष एक सातासम्म स्थलगत सम्भाव्यता अध्ययन गरेपछि समुद्री सतहबाट एक हजार मिटरदेखि दुईहजार मिटर उचाइसम्म चियाखेती सम्भव हुने बताएकाले यसवर्षबाट बिरुवा वितरण गरिएको प्राविधिक कार्कीले बताउनुभयो । पहाडी क्षेत्रमा रोपिने यो जातको चिया रोपेको तीन÷चार वर्षमै उत्पादन दिनथाल्छ । 

क्यामेनिया चाइनेनसीप वैज्ञानिक नाम रहेको अर्थोडक्स चिया अन्तर्गत तप्डा–७८ प्रजातिको यो चियाको एउटा बोटबाट एकदेखि डेड केजी हरियो पत्ता टिप्न सकिन्छ । झण्डै पाँच केजी हरियो पत्तालाई प्रशोधन गरेपछि एक केजी तयारी चिया बन्दछ । सो चिया हाल बजारमा प्रति केजी रु दुई हजारदेखि दुई हजार ५०० सम्मपर्दछ । 

एक रोपनी क्षेत्रमा सातसयदेखि आठसयसम्म बिरुवा रोप्न सकिन्छ । सात वडा रहेको सो गाउँपालिकामा वडा नं ३ साविक क्यूल गाविस र वडा नं ५ साविक महाङ्काल गाविसबाट भने हालसम्म बिरुवाको माग नभएको बताइएको छ । 

त्यहाँ रोपिएका चियाको बोटबाट धेरै उत्पादन भएमा त्यहाँनै सानो प्रशोधन केन्द्र सञ्चालन गरिने कार्यकक्रम रहेका प्राविधिक कार्कीले जानकारी दिनुभयो । स्याउको गुमेको पहिचान पुनः कायम राख्ने उद्देश्यले चारवर्ष अघि हेलम्बुका किसानले भने भारतबाट करीब ५०० स्याउका बिरुवा ल्याएका र टाँसिथाङ तथा चिङथानमा रोपिएका स्याउको बिरुवाबाट अहिले फल फल्न थालेको छ । 

जिल्लामा विभिन्न नगरपालिका र गाउँपालिकामा विगतका वर्ष देखि नै चियाखेती शुरु गरिएको छ, करीब दुई दशकअधि मेलम्ची नगरपालिका– १ भोटेचौरमा शुरु गरिएको चिया खेती आर्थोपार्जनका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुन थालेको छ । त्यसैको अनुकारण गरी अहिले हेलम्बुमा पनि चिया खेति विस्तार गरिएको छ । 

ह्योल्मो जातिको बाहुल्यता हेलम्बुमा ह्योल्मो भाषामा ‘हे’ को अर्थ आलु र ‘लावु’ को अर्थ मुला भन्ने बुझिन्छ । त्यहाँ आलु र मुला मात्र उत्पादन हुने भएकाले त्यहाँको नामसमेत ‘हेलाबु’ रहन गएको हो । कालान्तरमा उक्त शब्द अपभंरस हुँदै हेलम्बु भन्न थालिएको स्थानीयवासीको भनाइ छ । हाल गाउपालिका– १ र २ कायम भएको साविक हेलम्बु गाविसमा धानबाहेक तल्लो भागमा सीमित रुपमा मकै र कोदोखेती हँुदै आएको छ । 

पर्याप्त अन्नबाली र धान हुँदै नहुने भएकाले विकल्पको रुपमा फलफूल तथा अन्य बालीलाई प्राथमिकता दिन थालिएको उक्त गाउँपालिकाले जनाएको छ । साविक हेलम्बु गाविसभरि चार÷पाँचवर्ष अघि अलैंँची खेती शुरु गरिएको थियो । आर्थिक वर्ष ०७२÷७३ मा करीब रु एक करोड मूल्यको अलैंँची बिक्री गरिएकामा २०७२ को भूकम्पपछि घटेर करीब रु ६० ÷७० लाखमा झरेको र अझै घट्ने क्रममा रहेको वडा नं १ का वडाध्यक्ष मिङमार लामाले बताउनुभयो । 

भूकम्पपछि कतिपय ठाउँमा पानीको मूल सुकेपछि थेरै ठाउँका बिरुवा मर्न थालेको छ । पातमा सेतो टिकाको थोप्लो देखा परेपछि धेरैजसो ठाउँमा बोट मर्दै गएको र औषधिको अभावमा रोग नियन्त्रण हुन नसकेपछि पुनः बिरुवा लगाउनु परेको बताइएको थियो | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल