Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ३१, धनुषा | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो ।

धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धनुषा आउने कार्यक्रम रहेकोमा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जानु हुने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नं १, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसक्नुभएको छ ।

नेता साहले पार्टीभित्र अन्तर विरोध हुनु स्वभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुटउपगुट नरहेको दाबी गर्नुभयो । उहाँले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यको बारेमा निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिनुभयो । रासस