2026-10-27 04:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपाल आउँदा बढीमा कतिवटासम्म मोबाइल ल्याउन पाइन्छ, जान्नुहोस्

काठमाडौं । बैदेशिक रोजगारीको शीलशिलामा बिभिन्न देशमा पुगेका नेपालीहरुले विदेशबाट नेपाल फर्कँदा प्राय ल्याउने सामान मध्ये मोबाइल पनि एक हो । प्राय जसो नेपालीहरुले विदेशबाट फर्कंदा मोबाइलहरु ल्याउने गरेको कुरा नेपाल स्थित बिमानस्थलकै कर्मचारीहरुको भनाई छ । रोजगारीको लागि बिदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् ।

विदेशबाट फर्कने क्रममा परिवारका सदस्य र साथीभाइको आग्रहलाई मानेर नेपाल र्फकदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल प्रायले लिएर आएका हुन्छन । कतिपयले भने व्यापार गर्ने लक्ष्यसमेत राखेर मोबाइलहरु ल्याउँने गरेका छन् । बिदेशमा नेपालमा भन्दा सस्तोमा पाइने हुँदा मोबाइल ल्याइन्छन् | तर, धेरै मोबाइल बोकेर आउँदा उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् ।

नेपाल सरकारको झिटीगुन्डा सम्बन्धि ऐन नियमले विदेशबाट नेपाल र्फकनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । जस्तो कि तपाइँले बिदेशमा प्रयोग गर्दै गरेको एउटा पुरानो सेट छ र अर्को नयाँ पनि ल्याउन चाहनुहुन्छ भने तपाइँलाई कुनै कर लाग्दैन तर यदी तपाइले आफ्नो मोबाइलबाहेक ४/५ ओटा मोबाइल बोकेर ल्याउनु भएको एएरपोर्टमा चेकिङको क्रममा थाहा भएमा सेट अनुसार भन्सार कर तिर्नुपर्ने हुन्छ । त्यसरी कर तिर्दा नेपालमा उक्त मोबाइल किनेको भन्दा बढी महँगो पर्न सक्छ ।   

यदी तपाइले बढी तोकिएभन्दा बढी मोबाइल ल्याएको हकमा विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्नेछ । विदेशबाट नेपाल र्फकने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ । यदी तपाइले १० हजारको मोबाइल ल्याउनु भएमा थप ८००० रुपयाँ भन्सारमा तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा तपाइले ल्याउने मोबाइलको मूल्य १८,००० पर्न जान्छ, जुन मोबाइल नेपालमै किन्दा तपाइले भन्सारलाई कर तिरेपछिको मूल्य भन्दा असस्तो हुनसक्छ । त्यस्तै यदी अस्वभाविक रुपमा व्यापार गर्नकै १०/१५ वटा वा सो भन्दा बढी मोबाइल ल्याउनेहरुको हकमा भने मोबाइलनै जफत गर्दै कारबाही समेत हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला