२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

लालपूर्जा नभएपछि धादिङका चेपाङ समुदायले घर बनाउन पाएनन्

६ भाद्र २०७५, बुधबार ०५:५०

भदौ ६, धादिङ | गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । 

भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर चेपाङले बताउनुभयो । 

आवास पुनःनिर्माण सूचीमा नाम भएर पनि घर निर्माण गर्न सम्झौता रोकिएपछि धेरै पटक तत्कालीन गाविस÷वडा कार्यालय र गाउँपालिका धाएको जीतबहादुर चेपाङले बताउनुभयो । 

पूर्णबहादुर चेपाङ मात्र होइन हस्तबहादुर चेपाङ, सुकरा चेपाङ, सुकरामबहादुर चेपाङ, सोमसिं चेपाङ, चन्द्रबहादुर चेपाङ, दीपलाल चेपाङ, सोमबहादुर चेपाङ, पार्लाकका शुकराम चेपाङ, लालबहादुर चेपाङ, दीलबहादुर चेपाङ, वीरबहादुर चेपाङ, शेरबहादुर चेपाङ, विक्रम चेपाङ र आइतसिं चेपाङ, जगतबहादुर चेपाङ र रुपबहादुर चेपाङ, धनबहादुर चेपाङको नाम पुनःनिर्माणको सूचीमा रहेको छ तर उनीहरूले अनुदानको रकम पाउन नसक्दा अन्योलमा परेका छन् । 

गाउँभरिका कसैको पनि लालपूर्जा छैन । पार्लाक र बाङकुर्ती गाउँका विसं ०३२ मा जग्गा नापी हुँदा बागमती अञ्चल, धादिङ जिल्ला लोथर कान्द्राङ पञ्चायत वडा नं ४ को ठेगानामा नापी भएको थियो । जग्गाको नापी छैन । जग्गाको पूर्जा छैन । उठिबास लाउँछ कि सरकारले । हामीलाई धादिङ चाहिन्छ । चितवन जाँदैनौँ, रुपबहादुर चेपाङले बताउँदै गर्दा चेपाङ समुदाय आक्रोशित भएका थिए । 

धादिङ जिल्लाको तर्फबाट नापी भएको जग्गापछि चितवनतर्फ सो गाउँ राखिएपछि चितवनमा नापीको श्रेस्ता गएकाले धादिङबाट केही गर्न नसकिएको वडाध्यक्ष टंकबहादुर थापाले बताउनुभयो । गाउँपछि धादिङतर्फ परेपछि चितवनमा भएको श्रेस्ता धादिङ आएको छैन । चेपाङ समुदाय खानका लागि सङ्घर्ष गरिरहनु परेकाले पहल गरेनन् । अहिलेसम्म बनेका सरकारले उनीहरूको गुनासो सुन्ने फुर्सद नै निकालेनन् । हालसम्म पनि भूमिकर नतिरेकाले उनीहरूले अहिले आफ्नो नाममा जग्गा ल्याएर घर बनाउन नसक्ने अवस्था भएकाले गाउँबासीको समस्या समाधान गर्न पहल गर्नुपर्ने वडाध्यक्ष थापाको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य