प्रेम सुनार। भदौं–११, बुटवल । मुलुकी संहिता लागु भएको १० दिन नबित्दै प्रदेश ५ का १२ जिल्ला मध्ये धेरै जना पुरुषद्धारा सम्वन्ध विच्छेदको मुद्धा दिने जिल्ला रुपन्देही परेको छ भने हाल सम्म एउटा पनि त्यस्तो मुद्धा नपरेको जिल्ला रोल्पा र अर्घाखाँची रहेको छ ।

रुपन्देहीमा हिजो सम्म ११ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको जिल्ला अदालतका श्रेस्तेदार संजिव पोखरेलले जानकारी दिए । दोश्रो बढि सख्यामा दाङ्ग जिल्ला अदालतमा त्यस्तो मुद्धा परेको छ । हाल सम्म ८ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको दाङ्ग जिल्ला अदालतका तालुकदार भुपालबहादुर कार्कीले जानकारी दिए ।

नवलपरासी जिल्ला अदालतमा ६ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार खुमबहादुर कार्कीले बताए । त्यहाँ तिन जन महिलाले पनि सम्वन्ध विच्छेदको मुद्धा दिएका छन । रुकुममा पनि ६ जना पुरुषले सम्वन्ध पवच्छेदको मुद्धा दिएको सो अदालतले जनाएको छ ।

गुल्मीमा जिल्ला अदालतमा हिजो सम्म ५ जनाले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए । बाँके जिल्ला अदालतमा ४ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार धनसिंह गिरीले बताए । वर्दिया जिल्ला अदालतमा २ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।

पाल्पा जिल्ला अदालतमा पहिलो दिन नै २ जना पुरुष र २ जना महिलाले सम्वन्ध विच्छेदको मुद्धा दिएको त्यस पछि नपरेको श्रेस्तेदार सुर्वर्ण खनालले बताउँ छन ।

कपिलवस्तुमा १ जना मात्रै पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएको का.मु. श्रेस्तेदार लेखनाथ अर्यालले जानकारी दिए । ति सवै जोड्दा यस प्रदेशबाट हिजोको मिति सम्म ३९ जना पुरुषले सम्वन्ध विच्छेदको मुद्धा दिएका छन ।

August 27, 2018
काठमाडौँ - KTM, गुल्मी - GLM, दाङ्ग - DNG, रुपन्देही - RPD, रोल्पा - RLP, समाज
प्रदेश ५ मा १० दिन मै ३९ जना पुरुषले दिए सम्वन्ध विच्छेद
By kit
4 मिनेट पढाइ