२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

फुसको छाना हटाउँदै शिवराज नगरपालिका

२२ भाद्र २०७५, शुक्रबार ११:४१

माधव बेल्वासे | भाद्र २२, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिकाले फुसको छानो हटाउँने अभियान सुरु गरेको छ । नगरपालिकाले यस बर्ष फुसको छाना हटाउने अभियान सञ्चालन गरेको हो । शुरुमा मधेशि समुदायका वाहुल्यता रहेको ठाउँमा फुसको छानो धेरै रहेको हुदाँ अभियान वडा न ८ वाट अभियान संचालन गरेको शिवराज नगरपालिकामा मेयर नेत्रराज अधिकारीले  वताए । उनले भने “दलित, गरिब र अतिविपन्न घरपरिवारको फुसको छाना हटाई जस्तापाता लगाउने अभियान सुरु गरेका छौ त्यसैले यसवर्षवाटै यो अभियान संचालन गरेका छौ” 


हिउदको समयमा मुख्य त फुसको घरमा आगोलागी हुने हुदाँ र हरेक वर्ष छाना फेर्नुपर्ने झन्झट रहेकोले जस्तापाताले लगाउन नगरपालिकाले २० लाख रकम छुट्टयाएको वताइएको छ । नगरपालिका भित्र रहेका सबै फुसका घर हटाई जस्तापाता लगाउने योजना भएपनि बजेट अभावले यो बर्ष एउटा वडालाई मात्र छानिएको मेयर अधिकारले भने ।अन्य रकम भएमा अर्का वडामा समेत संचालन गरिने अधिकारीको भनाई छ ।

बर्खा सकिए संगै वडा भित्र कति घरधूरी फुसको छानो भएका छन् तथ्याङ्क संकलनको काम थालिएको नगर प्रमुख अधिकारीको भनाई छ । वडा अध्यक्ष, सदस्य र टोलविकास संस्थाबाट सिफारिस भएर आए पछि नगरपालिकाले काम थाल्ने उनले जनाए । नगररप्रमुख अधिकारीले आफ्नो कार्यकालमै सम्पुर्ण नगरलाई फुसको छानो रहित बनाउने प्रतिवद्धता जनाए ।

जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित शिवराज नगरपालिका आगलागीको उच्च जोखिम भएको क्षेत्रमा पर्दछ । हरेक बर्ष गर्मियाममा आगलागीबाट करोडौको क्षति हुदै आएको छ । नगरपालिकाले फुसको छानो हटाएर जस्तापात दिए संगै आगलागीको घटनामा पनि न्यूनिकरण आउने नगरपालिकाको अपेक्षा छ ।

शिवराज नगरपालिका को पश्चिम क्षेत्र वाट अभियान संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेसकान्त पौडेलले वताए । स्थानिय नागरिकले अन्य काम गरिसकेपछी नगरपालिकाले जस्ता पाता दिने पौडेलले वताए । पुर्वी क्षेत्रमा फुसको घर कम रहेको हुदाँ  पश्चिम क्षेत्र  वाट सुरु गरिएको नगरपालिकाले जनाएको छ ।विगतका वर्षमा पनि अभियान संचालन गर्ने भनेपनि वजेटको अभावले नसकिएको अधिकृत पौडेलले वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने