२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको केहि मिनेटपछि साफमा अहिलेसम्म जित्न नसकेको माल्दिभ्ससंग नेपाल भिड्दै

२०७५, २७ भाद्र बुधबार ०९:३१

भदौ २७, काठमाडौँ | साफ च्याम्पियनशिप अन्तर्गत अबको केहि मिनेटमै अर्थात ३ बजेर ४५ मिनेटमा नेपाल र माल्दिभ्सबीच महत्वपूर्ण फुटबल प्रतिष्पर्धा हुँदैछ । 

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आजै सेमिफाइनलका दुई खेल अन्तर्गत नेपाल र माल्दिभ्स, अर्को तर्फ भारत र पाकिस्तानबीच खेल हुनेछ । आज नेपाल र माल्दिभ्सबीचको खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ । नेपाल समूह ए को विजेता हो भने माल्दिभ्स समूह 'बी' को उपविजेता हो ।

अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपालले माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ । उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलिसकेको छ । माल्दिभ्सले सन् २००८ मा उपाधि समेत जितेको थियो ।

अर्को महत्वपूर्ण कुरा के छ भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । समूह चरणको तीन खेलमा नेपालले पहिलो खेलमा हार र त्यसपछिका दुई खेलमा उत्कृष्ट पर्दर्शन गरेको थियो । 

इतिहाँस हेर्ने हो भने सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेलमा नेपाल समूह 'ए' को उपविजेता माल्दिभ्स समूह 'वि' को विजेता थियो । जनावरी १९ तारिख साँझ ५ बजे भएको उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । साफमा भने नेपालले माल्धिभ्ससंग जितेको रेकर्ड छैन । 

२०१६ को उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भएको इतिहाँस पनि छ । त्यसपछि अहिले करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको बदला लिने मौका छ भने उही इतिहाँस दोहर्याउने आशा सहित उत्साहमा नेपालले खेल्ने छ ।

यो पटक नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेर आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिसकेको छ । त्यसो त यही प्रतियोगितामा माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो । माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो । 

जारी साफ खेलमा माल्दिभ्सले एक गोल पनि गरेको छैन भने नेपालले ३ खेलमै ७ गोल गरेर आफूलाई बलियो प्रतिष्पर्धी सावित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ