Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मनकामना केबुलकार स्टेशन नजिकैबाट हाम फालेर महिला बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २८, चितवन |</b> त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन् ।&nbsp;<br></p><p>बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौँ बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।&nbsp;</p><p>इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेशन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन् । तीन वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेष्टुरेण्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । बेपत्ता बरालको खोजी कार्य भइरहेको छ । – रासस&nbsp;</p>