पढ्न करिब 7 मिनेट लाग्छ

सास | वैदेशिक रोजगार विभागले म्यानपावरबाट मात्र नभई ब्यक्तिगत तरिकाले श्रम स्वीकृति लिएर पनि बैदेशिक रोजगारीमा जान अनलाइन २०७३ माघदेखि सिस्टम लागू गरेको छ । तर, प्राविधिक अष्पष्टताका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरूनै यसबारे अनभिज्ञ छन् ।

बैदेशिक रोजगारी अन्तर्गत सबै काम अनलाइनबाटै गराउने तरखरमा रहेको बैदेशिक रोजगार बिभागले केहि समय अघिदेखि ब्यक्तिगत श्रम स्वीकृति लिने र श्रमको नवीकरण गर्न समेत अनलाइनबाटै गर्ने सुविधा दिँदै आएको छ ।

अनलाइन सिस्टमबाटै श्रम इजाजतको प्रक्रिया हुने हुँदा कामदारलाई पटक-पटक काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा धाउनुपर्दैन । अनलाइनबाटै सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जाँदा हुन्छ । फर्म सब्मिट गर्ने देखि टोकन लिएर तोकिएको मिति/समय समेत अनलाइनबाटै प्राप्त गरेर श्रम स्वीकृति लिन सकिन्छ ।

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) नाम दिएको छ । यो सिस्टममा अनलाइन आफ्नो विवरण भरेर पठाउनुपर्ने हुन्छ । सुरुवातमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एफइआइएमएस सिस्टममा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्छ ।

जसमा श्रम गर्ने व्यक्तिको नाम, ठेगाना, पासपोर्टका विवरण लगायत सबै कानुनी व्यक्तिगत डिटेल भर्नुपर्छ । उक्त डिटेल भरेर पठाएपछि तपाइले भरेको विवरण अनुसारको इमेलमा इमेल आउँछ । जसमा user id र password बिभागले पठाउँछ ।

अब अनलाइन सिस्टम (https://feims.dofe.gov.np/sf/sfLogin.aspx) मा त्यहि user id र password हानेपछि ‘लग इन’ हुन्छ । र तपाइले हान्नु भएको विवरण सहितको प्रोफाइल खुल्छ । यो आइडी बनाएपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमै अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।

यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ ।

अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित (एप्रोभ) भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउँछ । यदी भएन भने पनि के कारण काम भएन वा थप कागजात आवश्यक परेको भन्ने जानकारी पाइन्छ । जुन कुरा तपाइँकै आइडीमा देखिन्छ ।

त्यसपछि बैंकमा वैदेशिक रोजगार कल्याणकारी कोषबापत तोकिएको शुल्क देशका मुख्य ६ बाणिज्य बैंकका जुनसुकै शाखाबाट सरकारको खाता नम्बरमा जम्मा गराउननु पर्छ । त्यसपछि पहिलोपटक विदेश जानेले ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ । त्यहाँ तपाईले ‘थम्प्स’ गरेपछि विभागमा यो जानकारी पुग्छ ।

मेडिकलका लागि पुग्दा पनि मेडिकल गरेको तपाइको रिपोर्ट सम्बन्धित मेडिकल संस्थाले बिभागमा अनलाइनबाटै पठाउँछ । मेडिकलले पनि सम्बन्धित व्यक्तिको मेडिकल रिपोर्ट सरकारको सिस्टममा पठाउँदा मेडिकल गर्ने डाक्टरदेखि सबै मेडिकल विवरण उल्लेख गरेको हुन्छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिले गरेको बीमाका सबै रेकर्ड पनि यो सिस्टममा अनलाइनमै जान्छ । यी हरेक प्रक्रिया पुरा भएपछि सिस्टमले कामदारको इमेलमा नोटिफिकेशन पठाउँछ । यसका आधारमा कामदारले आफ्नो कागजी प्रक्रिया कहाँ पुगेको छ भन्ने सजिलै जानकारी पाउछन् ।

अब सबै प्रक्रिया पुरा गरे पछि तपाइले आफ्नो आइडी खोलेर सब्मिट गर्नुहुन्छ । त्यसपछि अनलाइनबाटै टोकन पाउनुहुन्छ । जुन टोकनमा श्रम कार्यालयमा जानको लागि मिति तथा समय समेत उल्लेख गरिएको हुन्छ । त्यसैको आधारमा आफ्नो पासपोर्ट सहित आफुले अनलाइनबाट पठाएको सबै सक्कल कागजात बोकेर श्रम कार्यालय ताहाचल पुग्नुपर्छ ।

अब श्रम अधिकारीले श्रम स्वीकृति दिएर तपाइको पासपोर्टमा स्टीकर टाँसिदिनेछन् । त्यसपछि श्रम स्वीकृतिको काम सम्पन्न हुन्छ ।

बैदेशिक रोजगारमा अझै धेरै बुझेर जानको लागि महत्वपूर्ण मोबाइल एप तथा बैदेशिक रोजगारबारे महत्वपूर्ण जानकारीहरु, कुन देश जान सरकारले कति खर्च तोकेको छ, विदेशी पैसाको दररेट, म्यानपावर कम्पनीहरुबारे जानकारी तथा डिमाण्डहरु, श्रम स्वीकृति विवरण र अन्य धेरै जानकारी पाउनको लागि 'Baideshik Rojgar' मोबाइल एप डाउनलोड गर्नुहोस् । यो मोबाइल एप साझा सवाल मिडियाले तयार पारेको हो ।

त्यस्तै श्रम स्वीकृति विवरण तथा पूर्व स्वीकृति चेक गर्न र बैदेशिक रोजगारीको दैनिक सूचना थाहा पाउन, म्यानपावरको अवस्था थाहा पाउन बैदेशिक रोजगार बिभागको 'Baideshik Rojgari' एप डाउनलोड गर्न सक्नुहुन्छ ।

व्यक्तिगत श्रम स्वीकृति स्टेप बाई स्टेप

Step 1: Username / Password प्राप्त गर्ने तरिका

https://feims.dofe.gov.np/IndividualUserEmailRegistration.aspx खोल्नुहोस ।

आफ्नो पासपोर्ट नम्बर र तपाइले चलाउने इमेल राख्नुहोस । पासपोर्ट नम्बर र इमेल राखेर सब्मिट गरेपछि तपाइले हानेको इमेलमा एउटा इमेल आउँछ ।

तश्विरमा राति घेरा लगाइएको लिंकमा क्लिक गर्नुहोस । यदी यस अघिनै श्रम स्वीकृति लिएको छ भने तपाइको विवरण खुल्छ, उक्त विवरण ठीक छ/छैन हेर्नुहोस । यदी पहिलो पटक यो सिस्टममा हुनुहुन्छ भने आफ्नो सबै विवरण भर्नुहोस् ।

यस अघि श्रम स्वीकृति पाएको भए नाम र Passport नम्बर सहितको विवरण देखा पर्नेछ । तपाईको विवरण सही भएमा सो विवरणको देब्रेतर्फ रहेको Submit मा क्लिक गर्नुहोस । अब फेरी तपाइको इमेल हेर्नुहोस । तपाइले बिभागबाट स्वचालित User Id र पासवर्ड पाउनुहुनेछ |

त्यसरी प्राप्त भएको User Id र पासपोर्ट प्रयोग गरेर https://feims.dofe.gov.np/sf/sfLogin.aspx मार्फत इन्टरनेट सुविधा भएको जुनसुकै स्थानबाट आफ्नो श्रम स्वीकृतिको लागि आवेदन दिन सकिन्छ ।

तपाईलाई बैदेशिक रोजगार विभागले उपलब्ध गराएको उक्त User Id र Password भने सुरक्षित र गोप्य राख्नुहोला ।

Step 2: श्रम स्वीकृतिका लागि कामदारको बिबरण अद्यावधिक गर्ने तरिकाः

क) व्यक्तिगत बिवरण प्रविष्ट/अद्यावधिक गर्नेः

https://feims.dofe.gov.np खोल्नुहोस ।

Step-1 अनुसार तपाइको E-mail मा प्राप्त भएको Username / Password प्रयोग गरी क्ष्नSignin Button मा Click गरेपछि तपाईको व्यक्तिगत विवरण सहितको Profile Page खुल्नेछ ।

Profile Page मा रहेको तपाइको व्यक्तिगत विवरण अद्यावधिक गनुपर्ने भएमा Profile Menu मा Click गरेपछि देखापर्ने Edit Button मा Click गरेर आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गर्न सक्नुहुनेछ ।

Profile Page को * चिन्ह भएका Field अनिवार्य रुपमा भर्नुपर्नेछ, यसअघि पुरानो Passport बाट श्रम स्वीकृति पाएको तर अहिले नयाँ Passport बाट श्रम स्वीकृति लिनुपर्ने भएमा New Passport info मा गएर नयाँ Passport Number को विवरण भरेर सो Passport को पेज नं. २, ३ र ३१ को Scanned Copy अनिवार्य रुपमा Upload गरी Submit Button मा Click गरेर आफ्नो बिवरण Save गर्नुपर्नेछ ।

ख) श्रम स्वीकृति नवीकरण (Renew) पुनः श्रम स्वीकृति (Re-Entry) लागि कामदारको कामको बिवरण (Work Details) प्रविष्ट गर्नेः–

Re-entry Menu को Individual Re-entry Sub Menu मा Click गरेपछि तपाईको यस अघिको Work Detail देखिनेछ । श्रम स्वीकृति नवीकरण वा पुनःश्रम स्वीकृतिका लागि आवेदन गर्न आफ्नो Work Details राख्नका लागि Add New Button मा Click गर्नुहोस । आफ्नो कामसँग सम्बन्धित सम्पूर्ण विवरणहरु जस्तै: Company, Skill, Salary लगायतका विवरणहरु शुद्धसँग भर्नुपर्नेछ । Required Document Button मा Click गरी तोकिएका कागजातको Scanned Copy Upload गर्नुहोला । * चिन्ह लगाइएका Document को Scanned Copy अनिवार्य रुपमा Upload गर्नु पर्नेछ । यसरी सम्पूर्ण बिवरण प्रविष्ट गरेपछि Submit
Button मा Click गरेपछि तपाईको Work Detail System मा Save हुनेछ । कामदारको Work Details Save भएपछि श्रम स्वीकृतिको लागि आवश्यक पर्ने बैदेशिक रोजगार (म्यादी) जीवन वीमा गरी कल्याणकारी कोषको रकम बैंक दाखिला गरेपछि श्रम स्वीकृतिको लागि सक्कल राहदानी र प्रवेशाज्ञा सहितका कागजात लिएर व्यक्ति स्वयं कार्यालयमा जानुपर्नेछ ।

ग) वीमा गर्नुपर्ने

वीमा समितिबाट वैदेशिक रोजगार (म्यादी) जीवन वीमा गर्न अनुमति प्राप्त कुनै वीमा कम्पनीमा गएर करार अवधि भन्दा छ महिना वा सो भन्दा बढी अवधिको बैदेशिक रोजगार (म्यादी) जीवन वीमा गर्नुपर्नेछ । वीमा भएपछि सो को बिवरण वीमा कम्पनीले Online बाट वैदेशिक रोजगार विभागको श्रम स्वीकृति प्रदान गर्ने कार्यालयमा पठाउनेछ ।

घ) कल्याणकारी कोषको रकम जम्मा गर्नुपर्नेः–

वैदेशिक रोजगार प्रबद्धन वोर्डबाट वैदेशिक रोजगार कल्याणकारी कोषको रकम जम्मा गर्न अनुमति पाएको कुनै बैंकमा गएर कल्याणकारी कोषको खातामा तोकिएको रकम जम्मा गर्नुपर्नेछ । बैंकले रकम जम्मा भएपछि सो को बिवरण बैंकले Online बाट वैदेशिक रोजगार विभागको श्रम स्वीकृति प्रदान गर्ने कार्यालयमा पठाउनेछ । यसरी व्यक्तिगत विवरण र कामको विवरण अद्यावधिक गरी वीमा र बैकमा रकम दाखिला गरिसकेपछि श्रम स्वीकृतिको लागि https://feims.dofe.gov.np/sf/sfLogin.aspx मार्फत Request पठाउनुपर्नेछ ।

ङ) श्रम स्वीकृति नवीकरण/पुनः श्रम स्वीकृति लागि Online बाट Request पठाउने तरिकाः–

https://feims.dofe.gov.np/sf/sfLogin.aspx मा आफ्नो Username / Password प्रयोग गरी Login गरी Re-Entry Menu को Re-Entry Request मा Click गर्नुहोस । तपाईको आफ्नो नामको दाँयातर्फ रहेको Action Button मा Click गरि Request मा Click गरेपछि तपाईको आवेदन बिभागमा पेश हुनेछ । यस पछि श्रम स्वीकृतीको लागी राहदानी र प्रवेशाज्ञा सहितका आफ्नो सक्कल कागजात लिएर बैदेशिक रोजगार बिभाग काठमाडौं कार्यालय जानुहोला ।

बैदेशिक रोजगार सम्बन्धि जानकारी चाहिएमा https://play.google.com/store/apps/details?id=com.sajhajobsproject लिंकमा क्लिक गरि महत्वपूर्ण मोबाइल एप डाउनलोड गर्नुहोस । यो एपमा तपाइले बैदेशिक रोजगारको बारेमा जान्न चाहनु भएको कुरा पाउनु भएन भने [email protected] मा बिस्तृत रुपमा लेखेर पठाउन सक्नुहुनेछ । त्यसको प्रतिक्रिया तपाइको इमेलमै पठाइनेछ ।