२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कर्णाली कृषि मार्फत सम्वृद्ध हुन सक्छः कृषि मन्त्री के.सी

३ आश्विन २०७५, बुधबार १७:०३

रेशमराज रोकाया | असोज ३, हुम्ला | कागज र नक्कली बिल बनाई भ्रष्टाचार गर्ने प्रवत्तीको अन्त गरिएमा मात्र कर्णाली प्रदेश विकास हुन सक्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.ले बताउनु भयो । कर्णालीलाई सम्वृद्ध बनाउन सबै पक्षले बजेटको असली प्रयोग गर्न सकिएमा मात्र हालको कर्णाली विकास हुन सक्ने बताउनु भयो । हुम्ला जिल्लाको विकासको निम्ती आफ्नो कार्यक्षेत्रमा कुनै पनि कसर बाँकी नराखी काम गर्ने र हुम्लामा कृषि, पशुसँग सम्वन्धित कार्यक्रम सञ्चालन हुनेमा विश्वास व्यक्त गर्नु भयो । 

प्रदेश सरकारले सहकारीमा ठूलो मात्रामा सदस्यहरु लाभाविन्त हुने भएकोले कृषि सहकारी, समूहलाई बढी प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्नको लागि कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रालयको रहेको बताउनु भयो । योजनालाई कागजी बिल मिलाएर हिनामिना गर्ने प्रवत्तीको अन्तको लागि कर्णालीका जनताको आफुलाई सहयोग गर्नेमा मन्त्री के.सी.ले विश्वास गर्नु भयो । प्रदेश सरकारले जुन समुदाय, पक्ष र लक्ष्यको साथमा बजेट प्रदान गरिएको छ सोहीमा उपयोग नगरिएमा सरकारले त्यसको व्याज सहित असुल्ने पक्षमा रहेको समेत बताउनु भयो ।

कृषि ज्ञान केन्द्र हुम्लाको उद्घाटन गर्दै मन्त्री के.सी.ले भूमी व्यवस्था, कृषि तथा सहकारी सम्वद्ध रहेको बजेटको दुरुपयोग कुनै हालतमा गर्न नदिने उहाँले बताउनु भयो । असली र खास किसानले बजेट नपाएको गुनासो सरकार समक्ष आएकोले आगामी दिनमा त्यस्तो नहुनको लागि सबैले सजग हुनु पर्ने बताउनु भयो । विकासको लागि एकतावद्ध भएर लागेमा कर्णालीको अभाव र गरिबी चाँडै हट्ने बताउनु भयो । 

जिल्लामा सात वटा गाउँपालिका अन्तरगतका किसानको कृषि, सहकारी र भूमी सम्वन्धी ज्ञान प्रदान गर्ने हिसाबले ज्ञान केन्द्रको स्थापना गरिएको छ । आधुनिक कृषि प्रणाली र कृषकको क्षमता विकासको लागि ज्ञान केन्द्रले अग्रणी भूमिका खेल्ने विश्वास गरिएको छ । स्थानिय कृषीलाई प्रवद्र्धन गर्नको लागि यहाँको अर्गानिक खेतीमा ज्ञान केन्द्रलाई विकास गरिने भएको छ । हाल सम्म आधुनिक कृषि तर्फ उन्मुख नभएको जिल्लामा आगामी दिनमा ज्ञान केन्द्र मार्फत सीप र क्षमता विकासको लागि कार्यालय लागि पर्नेमा ज्ञान केन्द्रका प्रमूख पूर्णलाल सापकोटाले बताउनु भयो । प्रदेश सरकारले प्रदान गरेको कार्यक्रमलाई जिल्लाका सबै स्थानिय तहलाई समेटेर तालिम, गोष्ठि, सेमिनार, कार्यक्रम मार्फत कृषकलाई सहयोग गर्नको लागि कार्यालयले सहयोग गर्ने भएको छ । कार्यक्रममा सम्बोधन गर्दै मुगु जिल्लाका प्रदेश साँसद चन्द्र बहादुर शाहीले कृषिसँग सम्वद्ध सानो कामको लागि क्षेत्र र केन्द्रमा धाउनु पर्ने अवस्था ज्ञान केन्द्रले सहयोग गर्ने बताउनु भयो । कर्णाली प्रदेश कृषि क्षेत्रको लाग अति नै उत्तम ठाउँ भएकोले यसलाई आधुनिकताको लागि सरकार लाग्नु पर्ने बताउनु भयो  ।

अधिकाँश गाउँमा कृषकको क्षमता वृद्धी नहुँदा राज्यले जिल्ला भन्दा बाहिरबाट चामल र खाद्यान्न ढुवानी गरी यहाँको अभाव मेट्दै आएको छ । जिल्लाका सबै क्षेत्रमा कृषकले वैज्ञानिक खेती नगर्दा ६ महिना मात्रै धान्ने खेतीको उत्पादन हुने गरेको छ । कृषी र कृषकलाई आत्मनिर्भर बनाउनको लागि यहाँको खेती प्रणालीमा सुधार ल्याईनु पर्ने स्थानियको भनाई रहेको छ । कर्णालीमा अन्य प्रदेशको जस्तो भौगोलिक अवस्थिती अन्य प्रदेशमा नभएकोले यहाँ सबै खालको कृषि उपजको खेती गर्न सकिने अवस्था भएकोले यसको उचित व्यवस्थापन गरिनु पर्नेमा प्रदेश साँसद जीवनबहादुर शाहीको जोड रहेको थियो । 


माथिको रश्विरमा: कृषि ज्ञान केन्द्र उद्घाटन गर्नुहुँदै मन्त्री बिमला के.सी. । तश्विर: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य