2026-06-28 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटवलमा सेनालाई हराएको रुपन्देही उपल्लो तम्घाससंग हार्यो

प्रेम सुनार | असोज ७, बुटवल | संविधान दिवसको दिन देखि  गुल्मीको सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकामा  क्रियाशिल अनटेष्ट युवा क्लवले आयोजना गरेको अनटेष्ट फुटवल प्रतियोगिता–२०७५ आज सम्पन्न भएको छ ।

कुल १७ टिम संग जुत्दै तेश्रो राउण्डको खेलमा पछ्याई रहेको नेपाली सेना बिरभद्रजंग गुल्मी धागिथु ब्यारेकको टिमलाई समेत पछार्दै फाईनलमा पुगेको रुपन्देशी ११ को टिम अन्ततः गुल्मी स्थित उपल्लो तम्घासको गोल्डेन युवा क्लवको टिम संग हार ब्यहोनु परेको छ ।

दुई खेलमा बराबरीको टक्कर पछि अन्तिम खेलमा पेनाल्टी हुट पाए पछि गोल्डेन  युवा क्लव उपल्लो तम्घासले जित हाता पारेको हो । प्रथम  हुने उक्त क्लवले ५० हजार राशीको नगद पुरस्कार , मेडल र प्रमाण पत्रा प्राप्त गर्ने छन । यो खेलको पुरस्कार राशी जिल्ला कै दोश्रो राशी हो । यस अघि त्यसै कल्वले प्रथम पुरस्कार राशी ७० हजार राखेको थियो ।

दृतिय  हुने टिमले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । तेश्रो पुरस्कारका लागि   तम्घासको रेसुङ्गा  युवा क्लव र  पुलचोक स्र्पोट क्लवले प्रतिष्पर्धा गरेरनन  । उनिहरुले दुबै तेश्रो हुने गरी १० ÷ १० हजार नगद पुरस्कार लिने  सम्झौता गरेका थिए ।


उत्कृष्ट खेलाडीहरुको उद्घोष यति बेला चिदिचौर स्थित खेल मैदानको मञ्चबाट हुँदैछ । समापन समारोहमा रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालको प्रमुख आथ्यिता रहेको थियो ।  नेकपाका नेता वोमबहादुर खड्का, कांग्रेस नेता भुवनप्रसाद श्रेष्ठ लगायतको बिशोष आथ्यिता रहेको थियो । प्रतियोगताको सयोजन आयोजक क्लवका अध्यक्ष गोबिन्द पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी