२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बर्दियामा दुग्ध चिस्यान केन्द्र स्थापना

१२ आश्विन २०७५, शुक्रबार ०६:१५

असोज १२, बर्दिया | बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५० हजार बराबरको लागतमा निर्माण गरिएको दुई हजार लिटर क्षमता भएको चिस्यान केन्द्रको ट्याङ्कीमा दूध हालेर नगर प्रमुख थारूले उद्घाटन गर्नुभयो । 

कृषकलाई व्यावसायिक पशुपालन क्षेत्रमा प्रोत्साहन गर्नको लागि बारबर्दिया नगरपालिकाको कार्यालय, थारू महिला उत्थान केन्द्र बर्दिया र शुभलाभ पशु विकास सहकारी संस्थाको त्रिपक्षीय सम्झौतामा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । 

चिस्यान केन्द्रमा सन् २०१९ सम्ममा दूध पु¥याउने कृषक ३५० जना पुर्याउ ने लक्ष्य लिएको छ । बारबर्दिया नगरपालिकाका प्रमुख थारूले बारबर्दियामा पहिलो पटक सञ्चालनमा ल्याइएको चिस्यान केन्द्रलाई बर्दियाको नमूना बनाउनु पर्ने बताउँदै बारबर्दिया नगरपालिकाको विकासको आधारको सम्भावना कृषि र पशु क्षेत्र रहेको उल्लेख गर्नुभयो । 

उद्घाटन कार्यक्रममा थारू महिला उत्थान केन्द्रका कार्यकारी निर्देशक प्रिज्मासिंह थारूले कृषकको जोश, जाँगर उजागर गर्नका लागि चिस्यान केन्द्र सञ्चालनका लागि सहयोग गरेको बताउनुभएको छ । कोहलपुर दुग्ध सङ्कलन केन्द्रका प्रबन्धक गोपालमान दाहाल, बारबर्दिया नगरस्तरीय सहकारी समन्वय समितिका अध्यक्ष नवराज सुवेदीले केन्द्रलाई निरन्तरता दिई नमूना केन्द्र बनाउन सुझाव दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य