२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीका उखु किसान आन्दोलित

२०७५, १२ आश्विन शुक्रबार ११:२६

असोज १२, नवलपरासी | पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । 

अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्तानी तालिका सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । उखु मिलले अघिल्लो वर्ष खरीद गरेको रकम किसानलाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् । जिल्लाका इन्दिरा सुगर उद्योग, वाग्मती खाडसारी चिनी मिल र लुम्बिनी चिनी मिलबाट किसानले भुक्तानी पाउन बाँकी छ । वाग्मती चिनी मिलले रु २६ करोड, इन्दिरा सुगर मिलले रु १७ करोड तथा लुम्बिनी चिनी मिलले रु दुई करोड भुक्तानी दिन बाँकी रहेको समितिका सचिव बन्धुप्रसाद बरइले जानकारी दिनुभयो । 

“उखु क्रसिङ गरेको ६ महीना बित्दा पनि किसानसँग उधारोमा किनेको उखुको भुक्तानी रकम उद्योगले दिएका छैनन्,” किसानले प्रतिक्विन्टल रु ५३६ का दरले भुक्तानी पाउन बाँकी छ । जिल्लामा कूल सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखु खेती गर्ने गरिँदै आएको छ । पश्चिम नवलपरासीमा करीब १८ लाखदेखि २० लाख क्विन्टलसम्म उखु उत्पादन हुने गरेको समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह