२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर देखिएको पखाला प्रकोपको कारण: ब्याक्टेरिया र कोलिफर्म

१४ आश्विन २०७५, आईतवार ०६:२९

असोज १४, गौशाला | महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखालाको प्रकोपको कारण उनीहरुले पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म रहेको पत्ता लागेको सार्वजनिक गरेको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य टोलीले नैन्ही गाउँबाट पानीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाएकामा त्यहाँबाट आएको ल्याब रिपोर्ट सार्वजनिक गर्दै नैन्ही गाउँका स्थानीयवासीले पिउने खानेपानी (चापाकल) नजीकै जम्ने पानीमा दिसा रहेको र त्यही दिसा चापाकलमा मिसिएको जनाइएको छ । 

स्थानीयवासी करीब ३०० परिवारले पिउने पानीको एउटै स्रोत चापाकलमा दिसा मिसिएको भेटिएपछि स्वास्थ्यकर्मीले त्यहाँका बासिन्दाले त्यस चापाकलबाट पानी खान बन्द गराएको छ भने उनीहरुले पानीको अन्य स्रोत खोजेर पानी खान सल्लाह दिइएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताउनुभयो । 

नैन्ही गाउँमा भदौ २९ गते एकैसाथ ४१ जनामा पखालाको प्रकोप शुरु भएर ३०० व्यक्तिमा फैलिएको थियो भने एक बालिका र एक वृद्धा गरी २ जनाको मृत्युसमेत भएको थियो । अहिले त्यहाँको पखाला नियन्त्रणमा आएको छ भने त्यहाँ अझै पनि स्वास्थ्य शिविर सञ्चालनमा राखेर प्रभावितहरुको उपचार भइरहेको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख राजीव झाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो