2026-09-13 11:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सामूहिक च्याउखेतीबाट आत्मनिर्भर बन्दै दाङका महिलाहरु

असोज १६, दाङ | तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । 

शुरुका वर्षमा आफूहरूले एकतले कच्ची घर भाडामा लिएर सामूहिक च्याउखेती शुरु गरेको उक्त संस्थाका अध्यक्ष तुलसा बुढामगरले बताउनुभयो । “केही वर्षपछि भने संस्थामा आबद्ध १४ महिलाको सक्रियता र समूहमा सङ्कलन गरिएको केही रकमबाट एक कट्ठा जग्गा किन्न सफल भयौँ, आफैँ लगानी र श्रमदान गरेर, समूहका लागि पक्की घर बनायौँ र सोही घरमा अहिले च्याउखेती गरेका छौँ ।”उहाँले भन्नुभयो । 

विसं २०६५ मा कृषि विकास कार्यालयले महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको च्याउखेती सम्बन्धी तालीम पाएलगत्तै गाउँका दिदीबहिनी भेला भई पहिलो वर्ष पाँच हजारको लगानीमा सो खेती शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

त्यस बेलामा वर्षमा रु ३० देखि रु ४० हजार सङ्कलन गरिएकामा विस्तारै व्यवसाय बढाउँदै प्रतिव्यक्ति रु एक लाखसम्म जम्मा हुन थालेपछि संस्थाका लागि जग्गा किन्नाका साथै अहिले उनीहरूले वार्षिक रु सातदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् । 

व्यवसायलाई विस्तार गर्न लघुउद्यम कार्यालयले पनि च्याउखेतीका लागि आवश्यक बीउ, कृषि औजार दिँदै आएको छ । अहिले सो समूहबाट दैनिक ८० देखि ९० केजी च्याउ उत्पादन हुने गरेको र त्यो च्याउ लिन उत्पादन गर्ने ठाउँमै ग्राहक आउने संस्थाकी सदस्य अनिता चौधरीले जानकारी दिनुभयो । 

छिट्टै आम्दानी लिन पनि सकिने र मेहनत पनि त्यति नलाग्ने भएकाले सबैले आफ्ना घर–घरमा पनि च्याउखेती गरेको उहाँको भनाइ थियो । घरमा गरिएको च्याउ खेतीबाट मात्रै वार्षिक रु एक लाख पचास हजारसम्म आम्दानी लिन उनीहरू सफल छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले