२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लगानी अनुसार प्रतिफल दिन सकेन सामुदायीक विद्यालयले: मन्त्री पोखरेल

१७ आश्विन २०७५, बुधबार १४:३७

असोज १७, सिरहा | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुयादीक विद्यालयले लगानी अनुसारको प्रतिफल दिन नसकेको बताएका छन् । सिरहाको गालबजार नगरपालीकाव्दारा आयोजित प्रथम उप मेयर कराते प्रतियोगिताको उद्घाटन तथा पूर्ण विद्यार्थी भर्ना कार्यक्रममको घोषणा गर्दै मंगलबार मन्त्री पोखरेलले राज्यले जुन परिणाम सामुदायीक विद्यालयमा लगानी गरेको छ, त्यो अनुसारको प्रतिफल दिन नसकेको बताएका हुन् । 

सामुदायीक विद्यालय सुधारको लागि मन्त्रालयले २२ बुदे विद्यालय सुधार योजना बनाएको भन्दै मन्त्री पोखरेलले भने, ‘सामुदायीक विद्यालयको अवस्था लगानीको हिसावले अत्यन्तै कमजोर रहेको छ, वयसलाई सहि ठाउँमा ल्याउन सवैतहका सरकारसँगै सम्पूर्ण अभिभावक तथा सामुदायीक  अध्ययन केन्द्रहरुको पनि सकारात्मक भूमिका आवश्यक छ ।’

उनले देशमा पटक पटक राजनीतिक परीवर्तन भएपनि शिक्षा क्षेत्रमा सुधार आउन नसकेको औंल्याउनु भयो । मन्त्री पोखरेलले भन्नु भयो, ‘देशमा प्रजातन्त्र, लोक तन्त्र, गणतन्त्र आयो तर सामुदायीक शिक्षाको क्षेत्रमा त्यसको कुनै असर देखीएन, अव शिक्षाक्षेत्र यही अवस्थामा रहन सक्दैन ।’

परिवर्तित समय अनुसार शिक्षाको क्षेत्रमा पनि विकास गर्दै सामुदायीक विद्यालयहरुमा पनि अव प्रविधिक धारको विस्तार गर्नु जरुरी रहेको पनि मन्त्री पोखरेलले बताए । हाम्रो शिक्षा अझै पनि १०÷१२ वर्ष सम्म पढ्यो विद्यालयबाट निस्कदा सर्टिफिकेटबाहेक केही हुँदैन त्यसैले अवको शिक्षा प्रविधिक हुविधिक तथा बैज्ञानिक हुनु पर्नेमा जोड दिंदै सरकारले पनि यो दिशामा काम अगाडी बढाईरहेको मन्त्री पोखरेलले बताए । 

सोही क्रममा मन्त्री पोखरेलले संघियता जटिल विषय भएको बताए । उनले राजनीतिक रुपमा हामी संघियतामा गएको भएपनि यसको कार्यान्वन प्रकृया जटिल रहेको सुनाए । उनले भने, ‘संघियता सुन जति सहज छ, त्यसलाई लागुगर्न त्यतिकै जटिल छ । जटिल कामलाई पार लगाउन पनि सवैतहका प्रतिनिधीहरुले सोही अनुसारको मेहन गर्न जरुरी हुन्छ ।’

सोही क्रममा गोलबजार नगारपालीकामा रहेको सम्र्पू बालबालिका विद्यालय भर्ना भईसको घोषण भएको छ । गमेलबजार नगरपालीकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराएको घोषणा गरेको छ । 


विशेष भर्ना अभियान अन्तर्गत नगरपालीकाले नगरक्षेत्रका ३१ व्टा सामुदायीक विद्यालयमा एक सय ७५ छात्र र एक सय ८९ जना छात्रा सहित तीन सय ६४ जना विद्यार्थी भर्ना गराएको जनाएको छ । नगरक्षेत्रका ३१ सामुदायीक विद्यालयमा चार हजार आठ सय २४ छात्रा र चार हजार छ सय २० छात्र सहिज जम्मा नौं हजार चार सय ४४ विद्यार्थि रहेको नगर शिक्षा समितिले जनाएको छ ।

कराते प्रतियोतितामा भने सातै प्रदेश तथा स्थानीय आयोजक समिति सहित आड टिमका एक सय २० जना खेलाडीको सहभागीता रहेको छ । खेल बुधबार सम्पन्न हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान