पढ्न करिब 1 मिनेट लाग्छ

असोज २१, रोल्पा | अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) रोल्पाको प्रथम जिल्ला सम्मेलन लिवाङमा सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रा विष्टको अध्यक्षतामा १३ पुर्ण र ४ वैकल्पिक गरि १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा मिलनसिं ठकुरी, सचिवमा मिनराज रोका, सह-सचिवमा रमेश पुन र कोषाध्यक्षमा धनराज थापा निर्वाचित हुनुभएको छ । पुर्ण सदस्यहरूमा कल्पना गिरी, मोतिसरा बुढाथोकी, अनुप परियार, विशाल रोका मगर, विक्रम रोका मगर, रेखा रावत,अनिता विष्ट, केसरी विष्ट रहनुभएको छ भने वैकल्पिक सदस्यहरूमा दिपा विष्ट, विषम रेग्मी, पुर्णीमा मगर र खेमराज घर्ती मगर रहनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)का केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटनमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ विष्ट, नेपाल पत्रकार महासंघ रोल्पा साखाका अध्यक्ष महेश न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलनमा राजमोका जिल्ला सल्लाहकार केवी थापा, प्रगतिशील पत्रकार संघ नेपालका जिल्ला सदस्य मिनराज रोका लगायतको आतिथ्यता रहेको सम्मेलन खगेन्द्रा विष्टको अध्यक्षता मिलनसिं ठकुरीको सञ्चालन र रमेश पुनको स्वागतमा सम्पन्न भएको थियो ।