२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँच वर्षमा प्यूठान उज्यालो

२०७५, २३ आश्विन मंगलवार १७:०६

असोज २३, प्यूठान (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षभित्र प्यूठानका सम्पूर्ण बस्ती उज्यालो हुने बताउनुभएको छ । 

प्यूठान नगरपालिकाको आयोजनामा आज यहाँ ‘प्यूठानमा ऊर्जा, जलस्रोत र सिँचाइको सम्भावना’ विषयक अन्तक्र्रियामा उहाँले रोल्पामा लुङ्ग्री माडी करिडोर निर्माण कार्य चलिरहेको र प्यूठानमा झिमु्रक करिडोरलाई एकीकृतरुपमा सञ्चालन गरी सडक, सिँचाइ, ऊर्जा र तटबन्धको काम सञ्चालन गर्न अध्ययन गरी यसको गुरुयोजना बनाउन लागिएको जानकारी दिनुभयो । 

धनी टाठाबाठा मान्छे गाउँ छोडेर तराई र शहर केन्द्रित भएर गाउँमा विपन्न वर्गको मात्र बसोबास हुने अवस्था बढ्दै गएकाले विपन्न वर्ग बस्ने ग्रामीण बस्तीहरु सिँचाइ, उज्यालो र भौतिक पूर्वाधारको विकासले हराभरा बनाउने सरकारको प्राथमिकता रहेको मन्त्री पुनको दाबी छ । 

नौमुरे आयोजनालाई बहुउद्देश्यीय बनाई जलजला, स्वर्गद्वारी र रोल्पाबाट माडी हुँदै राप्ती नदीमा भालुवाङसम्मको जलयात्रासहित पर्यटनको नयाँ गन्तव्य बनाएर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन सकेमा प्यूठान र रोल्पाको आर्थिक समृद्धि सुनिश्चित हुने मन्त्री पुनले बताउनुभयो । 

कार्यक्रममा प्रदेश नं ५ प्यूठानका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले जिल्लाको जलस्रोत र ऊर्जा क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीलगायत स्थानीय तहका प्रमुख तथा प्रतिनिधि विषयगत कार्यालयका कार्यालय प्रमुखलगायत नागरिक अगुवाको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ