Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज २६ गते, अपराह्न ३:०१ बजे कृषि गतिबिधी, दाङ्ग - DNG

तरकारीले मूल्य नपाउँदा दाङका किसान चिन्तित

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २६, लमही | उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।

अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी गौरी कुमालले बताउनुभयो ।

सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उहाँको भनाइ थियो । “हामीले धेरै परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौ” कृषक कुमालले भन्नुभयो, “तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।”

त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताउनुभयो । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् ।

तरकारी व्यवसायी खुशीराम चौधरीले भन्नुभयो,“ हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी लिएर महँगोमा बेच्ने गरेका छन् ।”

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उहाँको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिनुभयो ।

यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । लमही तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषिबाटै लमही नगरपालिकालाई समृद्ध बनाउन सकिने हुँदा त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको व्यवस्था गर्न कानून बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।

लमहीमा सामूहिक रुपमा पनि तरकारीखेती हुँदै आएको छ । त्यहाँका नागरिक तरकारी खेतीमै निर्भर छन् । सिँचाइको सहज सुविधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुनेगर्छ ।