Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असोज २७ गते, दिउँसो २:३६ बजे कृषि गतिबिधी, दाङ्ग - DNG

दाङमा कोसेली घर स्थापना

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २७, घोराही (रासस) | जिल्लामा उत्पादित घरेलु सामग्रीलाई प्रवद्र्धन तथा प्रोत्साहन गरी घरेलु उद्योगबाट उत्पादित वस्तुलाई बजारीकरण गर्ने उद्देश्यले जिल्ला उद्योग वाणिज्य सङ्घले यहाँ कोसेली घरको स्थापना गरेको छ ।

कोसेली घरको आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य रेखा शर्माले उद्घाटन गर्दै स्थानीय उत्पादनलाई व्यावसायीकरण र बजारीकरण गर्नको लागि उद्योग वाणिज्य सङ्घले नयाँ कामको थालनी गरेको भन्दै प्रसंसा गर्नुभयो ।

सीप भएर पनि आर्थिक अभावका कारण आफ्नो सामग्रीलाई बजारसम्म पुर्याउन नसकेका महिलाका सामग्रीलाई बढी स्थान दिनुपर्ने उहाँको भनाइ थियो ।

लामो समयदेखि कोसेली घरको स्थापना गर्ने प्रयास थालेको सङ्घले अहिले आएर आफ्नो योजना सफल भएको जनाएको छ । सङ्घका अध्यक्ष नारायण भुसालका अनुसार कोसेली घरमा स्थानीय महिलाले उत्पादन गरेका अल्लोका सामग्री, सुकाको सिन्की, मासुको सुकुटी, च्याउको सुकुटी, मह, तेल, अचार, काठका मूर्ति, लोप हुँदै गएका तिल्की चामल, सिम्ठारो चामल, कोदो, फापर र मकैका पिठो, बेसार, खुकुरी, चुलेसी, मुक्त कमलरीले बनाएका ढकिया, जिल्लामै उत्पादन भएका पेय पदार्थ आदि बिक्रीका लागि राखिएको छ ।

विशेष गरी जिल्ला बाहिरबाट दाङमा घुम्न आउने पर्यटकलाई फर्किदा यहाँको चिनोस्वरुप लैजाने सामग्रीलाई एकीकृत गरिएको सङ्घका अध्यक्ष भुसालले बताउनुभयो ।