पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज २८, बारा । बाराको सिम्रौनगढमा एक ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका वडा नम्बर–३ नयका टोल बस्ने धनेश्वर राय यादवका ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो ।<br></p><p>दीपक असोज २४ गते बेलुकीबाट हराएका थिए । दीपकको शव गएराति गाउँ नजिकैको फेला परेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन । </p><p>प्रहरीका अनुसार अपहरणको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन् । </p>

