2026-10-15 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका बिभिन्न रुटमा यात्रुसँग तेब्बर भाडा असुली

कात्तिक ७, काठमाडौँ  (रासस) | चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । 

काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग समेत पूरै रकम असूली गरेका छन् । टोड्के बजार, चरङ्गे, लपाण्ङलगायत ठाउँका व्यक्तिले दार्खासम्मको भाडा तिर्नुपरेको छ । टिकट काउण्टरबाटै यात्रुसँग मनपरी भाडा लिएर सर्वसाधारण जनताको ढाड सेकाउने काम भइरहेको यात्रुको गुनासो छ । 

धादिङका ग्रामीण सडकमा गुड्ने साना जीप, बलेरो, ट्याक्सीलगायत सवारी साधनले निर्धारितभन्दा दोब्बर बढी भाडा लिइरहेका छन् । काठमाडौँ –टोड्के भञ्ज्याङ खण्डमा यसअघि रु ३३० भाडा लिने गाडीले अहिले रु ८०० सम्म भाडा लिएका छन् । 

दशैँ बित्न लाग्दासमेत धादिङको उत्तरी सडक खण्डमा गुड्ने सवारीले जथाभावी भाडा असुलेका छन् । यस्तै धादिङ– आरुघाट खण्डमा समेत निर्धारित दरभन्दा दोब्बर बढीसम्म भाडा लिइएको छ । 

चाडपर्वका बेला यात्रुको सङ्ख्या उच्च हुने मौका छोपेर व्यवसायीले भाडामा मोलमोलाइ गर्ने गरेका छन् । यस वर्ष सवारी साधन जाँचमा कडाइ गरिएको भनिए पनि सार्वजनिक यातायात साधनले क्षमताभन्दा दोब्बर–तेब्बरभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु राखेर गुडाउने, यात्रुभन्दा बढी सामानसमेत बोकेर हिँड्ने, बढी भाडा असुल्नेलगायत गतिविधि गरिरहेका छन् । 

रिजर्भका नाममा सवारी साधनले तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी र यात्रुको सङ्ख्या बढी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो