२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका बिभिन्न रुटमा यात्रुसँग तेब्बर भाडा असुली

७ कार्तिक २०७५, बुधबार १५:२२

कात्तिक ७, काठमाडौँ  (रासस) | चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । 

काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग समेत पूरै रकम असूली गरेका छन् । टोड्के बजार, चरङ्गे, लपाण्ङलगायत ठाउँका व्यक्तिले दार्खासम्मको भाडा तिर्नुपरेको छ । टिकट काउण्टरबाटै यात्रुसँग मनपरी भाडा लिएर सर्वसाधारण जनताको ढाड सेकाउने काम भइरहेको यात्रुको गुनासो छ । 

धादिङका ग्रामीण सडकमा गुड्ने साना जीप, बलेरो, ट्याक्सीलगायत सवारी साधनले निर्धारितभन्दा दोब्बर बढी भाडा लिइरहेका छन् । काठमाडौँ –टोड्के भञ्ज्याङ खण्डमा यसअघि रु ३३० भाडा लिने गाडीले अहिले रु ८०० सम्म भाडा लिएका छन् । 

दशैँ बित्न लाग्दासमेत धादिङको उत्तरी सडक खण्डमा गुड्ने सवारीले जथाभावी भाडा असुलेका छन् । यस्तै धादिङ– आरुघाट खण्डमा समेत निर्धारित दरभन्दा दोब्बर बढीसम्म भाडा लिइएको छ । 

चाडपर्वका बेला यात्रुको सङ्ख्या उच्च हुने मौका छोपेर व्यवसायीले भाडामा मोलमोलाइ गर्ने गरेका छन् । यस वर्ष सवारी साधन जाँचमा कडाइ गरिएको भनिए पनि सार्वजनिक यातायात साधनले क्षमताभन्दा दोब्बर–तेब्बरभन्दा बढी यात्रु बोक्ने, छतमा यात्रु राखेर गुडाउने, यात्रुभन्दा बढी सामानसमेत बोकेर हिँड्ने, बढी भाडा असुल्नेलगायत गतिविधि गरिरहेका छन् । 

रिजर्भका नाममा सवारी साधनले तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ । सवारी साधनको कमी र यात्रुको सङ्ख्या बढी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य