२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानलाई धान भित्र्याउने चटारो

१० कार्तिक २०७५, शनिबार १०:२३

कात्तिक १०, धनगढी | कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ । 

जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकहरूले बताएका छन् । किसानको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको धान बेचेरै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका हुन् । “दशैँमा खर्च नभएर समस्या भयो, स्थानीय कृषक केशव पाण्डे्यले भन्नुभयो, तिहार नजिक आउँदै गर्दा धान पनि पाकेकाले काटेर खर्च जुटाउनै पर्यो ।” 

सुदूरपश्चिम प्रदेशका कैलालीलगायत जिल्लामा चाडपर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पीठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने चलन भएकाले पनि किसानलाई धान काट्ने चटारो बढेको हो । धान काट्नु अघि नयाँ धानको बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोबरले टाँसेर पूजा गर्ने परम्परा पनि सुदूरपश्चिम प्रदेशमा छ । 

धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनाका साथै परिश्रमसमेत कम लाग्न थालेको किसान राजाराम रानाले बताउनुभयो । “खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेजस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्र्याक्टर, धान काट्ने र झार्ने काममा आधुनिक उपकरणको प्रयोग बढ्दा निकै सहज भएको छ, रानाले भन्नुभयो, समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।” 

जिल्लाको दक्षिणी क्षेत्रका भजनी, टीकापुर, नारायणपुर ,धनसिंपुर, जानकीनगर, जोशीपुर, बसौटी, पवेरा, हसुलियालगायत क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । कृषक आफूलाई आवश्यक पर्ने धान घरमा भण्डार गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्छन् । धान उत्पादनका लागि उर्बर जग्गा रहेको कैलाली जिल्लामा झण्डै ७२ हजार ५०० हेक्टर जग्गामा धानखेती हुँदै आएको छ । प्रदेशका दुई तराईका जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य