पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक १३, नवलपरासी | पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ ।

भारतले गण्डक नहरमा पानी बन्द गर्दा १५ मेगावाट क्षमताको केन्द्रमा विद्युत उत्पादन ठप्प भएको हो ।

भारत सरकारले नहर मर्मत र सरसफाइका लागि भन्दै ४० दिनका लागि नहरमा पनी बन्द गर्दा विद्युत उत्पादन प्रभावित भएको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए ।

भारतले पत्येक बर्ष कार्तिकमा ४० दिनसम्म नहरमा पानी रोक्ने गरेको छ । आजको नयाँ पत्रिकाले पृष्ठ ४ मा समाचार छापेको छ ।