पढ्न करिब 1 मिनेट लाग्छ

प्रेम सुनार | कार्तिक १४, गुल्मी। गुल्मीको एक विद्यालयका तीन वटी छात्राले आज दिउँसो एकै साथ विष सेवन गरेका छन । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरु्रले विष सेवन गरेर बेहोस भएका ह्ुन ।

रमिता नाम परिर्वनले माया प्रेमको चक्करमा पानीको बोत्तलमा विष राखेर पिएको र उनले पिएर राखेको सोही बोत्तलको पानी उनका साथीहरु सपना थापा र पार्वती बिसीले झुक्कीएर पिउँदा उनिहरु अर्धचेतन भई उपचार्थ पाल्पा पठाईएको प्रहरीले जनाएको छ । उनिहरु तीनै जनाको उमेर १६ बर्ष भएको छ ।

विद्यालय बन्द भए पनि एक जना शिक्षकले म्याथ विषय पढाउँदै थिए । सोही क्रममा उनिहरु पिसाव फेर्न जान्छौ भन्दै निस्कीएको बेला उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले बताए ।

घटनाका सम्वन्धमा गम्भीर अनुसन्धान हुनु पर्ने स्थानियको भनाई छ । को संग प्रेम सम्वन्ध थियो भन्नेबारे खुलेको छैन । माया प्रेम कै चक्करमा सोही गाउँकी एक किशोरीले गत वर्ष झुण्डिएर आत्माच हत्या गरेकी थिईन ।