८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुम्मायक गोल्डकपको उपाधि आयोजक कुम्मायक स्पोर्टिङ्गलाई

१५ कार्तिक २०७५, बिहीबार १३:०७

कमल घिमिरे । कार्तिक १५, पाँचथर | पाँचथरको कुम्मायक गाउँपालिकामा  कात्तिक ९ गतेबाट भएको करेन्ट दोस्रो आमन्त्रण गोल्डकपको उपाधि कुम्मायक स्पोर्टिङको पोल्टामा परेको छ । 

हिलिहाङ स्पोर्टिङ क्लवलाई ३–० को अन्तरमा पाखा लगाउँदै आयोजकले उपाधि चुमेको हो । कुम्मायक स्पोर्टिङलाई जिताउँन खेलको १४ मिनेटमा सुरेस मिफोकले गरेको गोलले खाता खोल्न सफल भएको थियो । त्यस्तै पहिलो चरणको २३ र ३२ मिनेटमा दुबै गोल सक्ति लावतीले गर्दा हिलिहाङ स्तब्ध बन्यो । खेलको दोस्रो आफमा खेललाई फर्काउन हिलिहाङको तर्फबाट भएको केही अवसर खेर जाँदा उपबिजेतामा चित्त बुझायो । आयोजक कुम्मायक स्पोर्टिङ क्लव बिजेता बन्दै नगद १ लाख ११ हजार १ सय ११ ट्रफि, मेडल, प्रमाण–पत्र र उपविजेता हिलिहाङ स्पोर्टिङले नगत ५५ हजार ५ सय ५५ ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । खेलको म्यान अफ् दि म्याच हिलिहाङका सुवास गुरुङ बने । उनले ट्रफि सहित नगद ५ हजार रुपैंयाँ प्राप्त गरे । 

त्यस्तै, खेलमा हाईस्कोलरका रुपमा कुम्मायकका सुरेस मिफोक र सक्ति लावती भएका भए उनिहरुले नगत ५ हजार ट्रफि प्रमाण–पत्र प्राप्त गरे, कुम्मायककै बेष्ट प्लेयर दिनेश शेर्मा बने उनले नगत १० हजार ट्रफि, प्रमाण–पत्र, प्राप्त गरे, बेस्ट बेष्ट गोल किपरमा कुम्मायकका कबिन्द्र लावती, बेष्ट राइजिङ प्लेयर दिप्सन लावती भए, उनिहरुले क्रमशः नगत ५ हजार ट्रफि प्रमाण पत्र हातपारे । यसैगरी कुम्मायक–१ का पूर्व राष्ट्रिय खेलाडी हाल एपिएफका प्रशिक्षक गणेश लावती सम्मानीत भएका छन् । उनलाई कुम्मायक गाउँपालिकाले नगत २५ हजार प्रशंसा प्रत्र प्रदान गर्दै सम्मान गरेको हो । गत कात्र्तिक ९ गतेबाट जारी करेन्ट दोस्रो कुम्मायक गोल्डकप आज सम्पन भएको छ । पाँचथरको १ नगारपालिका सहित ७ गाउँपालिका गरि ८ टीमको सहभागीता रहेको थियो । 

यता पाँचथरको फिदिममा जारी दोस्रो तरुण गोल्डकप मा मिक्लाजुङ गाउँपालिका फाइनलमा प्रवेश गरेको छ। 

आज भएको अन्तिम सेमीफाइनल खेलमा मिक्लाजुङ गाउँपालिकाले कुम्मायक गाउँपालिकालाइ १-० गोल अन्तरले पराजित गरेको छ।जित सँगै मिक्लाजुङ उपाधिको दाबेदार भएको छ।उपाधिको लागि कात्तिक १६ गते तुम्बेवा र मिक्लाजुङ गाउँपालिका बिच खेल हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ