प्रेम सुनार | कार्तिक–२७, बुटवल । प्रदेश ५ का १२ वटा जिल्लामा पछिल्लो एक महिनामा राहदानीका लागि फारम भर्नेहरुको तथ्याङकले यस प्रदेशमा सबै भन्दा बढि बिदेश जानका लागि पासपोर्ट बनाउनेहरु श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको गृह जिल्ला गुल्मीका नागरिक भएको स्पष्ट भएको छ ।
यस प्रदेशको सबै भन्दा ठुलो जनसंख्या भएको जिल्ल्ला रुपन्देही, कपिलवस्तु दाङ्ग, बाँके र बर्दिया भन्दा कम जनसंख्या भएको गुल्मी जिल्लामा पछिल्लो एक महिनामा ति ठुला जिल्ला भन्दा झण्डै दोब्बर बढि संख्याले पासपोर्ट बनाएका छन । जबकी रुपन्देही झण्डै १० लाख जनसंख्या भएको जिल्लामा गत एक महिनाको अन्तरालमा ६ सय ६७ जनाले राहदानीको फारम भरेका छन र ८३ जनाले काठमाण्डौका लागि सिफारिस लगेको त्यहाँका प्रमुख जिल्ला अधिकारी उदयबहादुर थापाले जानकारी दिए । उनका अनुसार त्यसबाट ३० लाख ५ हजार राजश्व संकलन भएको छ ।
तर जम्मा सवा ३ लाख करिव जनसंख्या भएको गुल्मीमा १० लाख जनसंख्या भएको रुपन्देहीमा भन्दा झण्डै दोब्बरको संख्याले एक महिनाको अन्तरालमा राहदानी लिएका छन । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट पछिल्लो एक महिनामा १ हजार ८५ जनाले राहदानी लिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।
ती मध्ये ६ सय ९९ जना पुरुष र ३ सय ५९ जना महिला र २७ जना नावालकहरुले राहदानी भरेका छन । उनका अनुसार त्यसबाट ४४ लाख ५० हजार राजश्व संकलन भएको छ । प्रदेश ५मा रुपन्देही पछि दोश्रो ठुलो जनसंख्या भएको जिल्ला कपिलवस्तुमा साढे ७ लाख भन्दा बढि जन संख्या भए पनि त्यहाँ पनि राहदानी बनाउनेको संख्या गुल्मीको तुलनामा ज्यादै न्युन देखियो ।
असोज २८ गते देखि कार्तिक २६ गते सम्म त्यहाँको जिल्ला प्रशासनबाट जम्मा ३ सय ४८ जनाले राहदानीको फारम भरेको र ३५ जनाले काठमाण्डौका लागि सिफारिस लगेको प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले जानकारी दिए । उनका अनुसार त्यसबाट १७ लाख ६७ हजार ५ सय राजश्व संकलन भएको छ ।
तेश्रो ठुलो ( झण्डै ७ लाख ) जनसंख्या भएको दाङ्ग जिल्ला जनसंख्या बढि तर राहदानी बनाउनेहरु कमी भएको जिल्लामा परेको छ । पछिल्लो एक महिनमा त्यहाँको प्रशासन कार्यालयबाट जम्मा १ सय ६६ जनाले राहदानी बनाएको र काठमाण्डौबाट बनाउनका लागि ८० जनाले सिफारिस लिएको त्यहाँका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
त्यसबाट ८ लाख ६५ हजार राजश्व संकलन भएको श्रेष्ठले बताए । करिव ६ लाख जनसंख्या भएको बताईने बाँके जिल्लामा गत एक महिनामा जम्मा ५ सय ८४ जनाले राहदानीका लागि फारम भरेका छन । त्यसबाट ३० लाख ७० हजार राजश्व संकलन भएको त्यहाँका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।
बाँकेकै हाराहारीमा जनसंख्या भएको बर्दियामा असोज २६ गते देखि कार्तिक २६ गते सम्म महिला ३० जना सहित २ सय ३ जनाले मात्र राहदानी बनाएका छन । त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीका अनुसार ५ जना पुरानाले नयाँ बनाए । द्रुत राहदानी सिफारिस महिला २५ सहित ८६ जनाको बनाईयो । एक जना नावलकले राहदानी बनाए ।
त्यसबाट एक महिनामा १० लाख ६७ हजार ५ सय राजश्व संकलन भएको छ । करिव २ लाख जन संख्या भएको अर्घाखाँचीमा पछिल्लो एक महिनामा नयाँ राहदानी ३ सय ३१ जनाले बनाएका छन । त्यहाँका प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार त्यसबाट २ लाख १७ हजार राजश्व संकलन भएको छ ।
करिव साढे २ लाख जन संख्या भएको प्युठानमा कार्तिक १ गते देखि २६ गते सम्म राहदानी सिफारिस ७२ जनाको गरिएको र १ सय २५ जनाले जिल्लाबाटै राहदानी लिन फारम भरेको त्यहाँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए । त्यसबाट ६ लाख ५० हजार राजश्व संकलन भएको छ ।
२०६८ सालको जनगणना अनुसार २ लाख ६१ हजार ३ सय ६८ जनसंख्या भएको पाल्पामा असोज १ गते देखि कार्तिक २६ गते सम्म ५ सय ८० जनाले राहदानीका लागि फारम भरेको त्यहाँका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । उनका अनुसार १ सय ३७ जनाले काठमाण्डौबाट बनाउनका लागि सिफारिस लगेका छन । उक्त राहदानीबाट ३१ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ ।
टुक्रिएर ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ स्थानि तहमा रहेको नवलपरासीमा पनि कम जनसंख्याको हिसावले पछिल्लो एक महिनामा बढि संख्याले नै राहदानी बनाएका छन । त्यहाँका प्रशासकिय अधिकृत आनन्द भुसालका अनुसार असोज २४ गते देखि कार्तिक २६ गते सम्म १ सय ७९ जनाले काठमाण्डौबाट बनाउनकाा लागि सिफारिस लगेका छन भने सोही प्रशासनबाट राहदानी बनाउनका लागि ४ सय २२ जनाले फारम भरेका छन । त्यस बाट २१ लाख ६५ हजार राजश्व संकलन भएको छ ।
त्यसबाट २१ लख ६५ हजार राजश्य संकलन भएको छ । रोल्पाका प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीले असोज २४ गते देखि कार्तिक २६ गते सम्म ८९ जनाले काठमाण्डौका लागि सिफारिस बनाएका र जम्मा ६४ जनाले जिल्ला प्रशासन रोल्पाबाट राहदानीको फारम भरेको जानकारी दिए । उनका अनुसार त्यसबाट ३ लाख ६५ हजारराजश्व संकलन भएको छ ।
त्यसबाट २१ लख ६५ हजार राजश्व संकलन भएको छ । उ जस्तै टुक्रिएर तीन गाउँपालिकामा सिमित भएको पुर्वी रुकुम जिल्लमा भने गत असार महिना देखि नै राहदानी त्यहाँबाट लिनेको संख्या शुन्य भएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने–‘ म यहाँ कार्यभार सम्हालेको असार देखि हो, त्यस महिना देखि अहिले सम्म एउटा पनि यस प्रशासनबाट राहदानी बनाउन आएका छैनन । ’ दैनिक सरदर १० जनाले काठमाण्डौबाट बनाउनका लागि सिफारिस लिन आउने गरेको उनले बताए ।
प्रदेश ५ का १२ जिल्ला मध्ये राहदानीबाट राजश्व संकलन हुन नसेको रुकुम बाहेक माथी उल्लेखित ११ जिल्लाको राजश्व रकम जोड्दा २० करोड ७४ लाख २ हजार ५ सय हुन आउँछ । दशै तिहार चाड पर्व मनाउन आउँदा अन्य महिनामा भन्दा अलि बढि संख्यामा राहदानी बनाउने गर्दछन ।
यसर्थ ७४ लाख भन्दा बढि रकम नजोडी सरदर मासिक २० करोडका दरले राहदानीबाट १२ महिनाको जोड्दा यस प्रदेशबाट राहदानीबाट मात्रै बार्षिक २ अर्व ४० करोड राजश्व संकललन हुने आंकलन गर्न सकिन्छ । काठमाणडौ पठाईएका राहदानी सिफारिसबाट त्यहाँ बुझाईने राजश्व रकमलाई समेत जोड्ने हो भने झण्डै तीन अर्व राजश्व यस प्रदेशबाट राज्य कोषमा संकलन हुने देखिन्छ । यस प्रदेशको सरदर अनुपात सात वटै प्रदेशमा जोड्दा राहदानीबाट मात्रै २१ अर्व संकलन हुने आकंलन गर्न सकिन्छ ।
प्रदेश ५ का त्यति ठुला जिल्लाहरुमा भन्दा त्यति कम जनसंख्या भएको जिल्लामा राहदानी बनाउनेको संख्या कसरी दोब्बर बढ्यो त ? भन्ने बिषयमा हामीले त्यहाँका प्रमुख जिल्ला अधिकारीको बिश्लेषण मागेका थियौं । उनको बिश्लेषणमा बैदेशिक रोजगार गर्न जानका लागि मात्र राहदानी बनाउनेको संख्या बढेको होईन ।
उनि भन्छन –‘ गुल्मीमा शैक्षिक जागरण पहिल्लै देखि चलेको जिल्ला हो । यहाँका मानिसहरु बिकासित मुलुकमा उच्च शिक्षा हाँसिल गर्न जाने गरेका छन । अमेरिका बेलायत लगायतका मुलुकमा पढ्न जाने , पछि त्यही रोजगार गर्ने र क्रमशः परिवारका सदस्यलाई पनि लैजाने भएका कारण पनि राहदानी बनाउनेको संख्या बढेको उनको ठम्ठाई छ ।
उनि थप्छन–‘त्यसो त गुल्मीको भार्से लगायत धेरै स्थान लाहुरेको गाउँ भनेर पहिल्लै देखि चिनिएको जिल्ला हो । यहिबाट धेरै जना मलायको लाहुरे बने हिडे । त्यति बेला देखि नै अहिलेको मलेशिया उति बेलाको मलाय जाने आउने बाटो खुल्यो । तीनैहरु मध्ये कोही सिंगापुर , हङकङको पुलिस बने । बैदेशिक रोजगारको दोश्रो ठुलो ढोका सन १९९० को दशकमा नेपाल सरकारले खोलेको हो ।
उक्त दशक अर्थात २०४६ को जनआन्दोलन पछिको सरकारले त्यति बेला १ सय १० मुलुक संग श्रम सम्झौता गरे पछि बैदेशिक रोजगारको ढोका खोल्यो र पहाडी जिल्ला गुल्मी स्वभाविक रुपले आकर्षित हुनु स्वभाविक थियो र त्यति बेला देखि बढ्दै गएको हो । ’
उनका अनुसार हालको मुसिकोट नगरपालिका अन्तर्गत वामी, अर्लाङ्गकोट , कुर्घा, आँपचौर , हालको चन्द्रकोट गाउँपालिमामा तुराङ्ग, रुपाकोट , सत्यवती गाउँपालिका पनि जोहाङ्ग, ठुलोलुम्पेक , भार्से लगायतका मानिसहरु बढि मात्रमा बिकासित मुलुल अमेरिका , जापन, बेलायत , कोरिया , हङ्गकङ्ग, फिनल्याण्ण , सिंगापुर लगायतका युरोपियन मुलुकमा छन ।
केहि दिन अघि गृह जिल्ला गुल्मी आएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले बैदेशिक रोजागारमा जानेहरुको लहर र उनिहरुले बिदेशमा भोग्नु परेको विकराल समस्या ओकल्दै भाषणका क्रमममा गहभरी आँशु पारेका थिए ।
‘सरकार बैदेशिक रोजगारीको क्रम घटाउनेमा लागी परेको छ उनले भने आगमी तीत बर्ष भित्रमा स्वदेश मै रोजागरी दिलाउने गरी सरकारले कमा अगाडी बढाई सकेको छ , केहि बर्ष भित्र मै अहिलेको संख्या संख्या घटाएरै छाड्ने छौ । ’ उनले बैदेशिक रोजगारमा गए पनि नेपालीको स्वाभिमान र श्रमको सम्मान हुने गरी आफ्नो मन्त्रालयले विभिन्न मुलुक संग श्रम सम्झौताको काम थालेको बताएका थिए ।