२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

विद्यालयलाई प्राथमिक उपचार सामग्री प्रदान

२ मंसिर २०७५, आईतवार १४:५०

रेशमराज रोकाया | मङ्सिर २, हुम्ला | सामान्य विसञ्चोको कारणले विद्यालयका बालबालिका विद्यालयको कक्षा छोड्ने दर घटाउनको लागि सिमकोट गाउँपालिकाले नयाँ कदम चालेको छ । विद्यालयमा अध्ययनरत रहँदै गर्दा आउने स्वास्थ्य समस्यालाई निराकरण गर्नको लागि एक कार्यक्रमको विचमा सिमकोटमा रहेका २५ वटा सामुदायिक र निजी विद्यालयलाई औषधी उपचार सामाग्रीको साथमा प्राथमिक उपचार सामाग्रीको सहायता गरिएको हो । सिमकोटमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयमा अध्ययनरत ५ सय ७५ विद्यार्थीको माझमा प्राथमिक उपचारका सामाग्री र औषधी हस्तान्तरण गरिएको छ ।

विद्यालयमा गएका अधिकाँश बालबालिका विद्यालय समयमा सञ्चो नभए पछि नजिक रहेको स्वास्थ्य संस्थामा भिँड लाग्ने गरेको र पढाई छुट्ने गरेको तथ्यलाई मध्यनजर गर्दँै सिमकोट गाउँपालिकामा रहेका सबै विद्यालयलाई १९ थरीको औषधीको साथमा प्राथमिक उपचार सामागी प्रदान गरिएको छ । हरेक दिन एउटै विद्यालयका १५ देखी २० जना टाउको दुख्ने र चोटपटक लागेका विद्यार्थी अस्पतालमा जाने गरेका छन् । खेल खेल्दा र अन्य बेलामा सामान्य चोटपटक लागेका विरामीलाई विद्यालयले नै प्राथमिक उपचार गरी पठन पाठनमा सुधार ल्याउन सकियोस् भन्नको लागि यस्ता अवधारण ल्याएको प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनु भयो । सामाग्री हस्ता०तरण गर्दै अध्यष पदम लामाले एक स्वस्थ बालबालिका विद्यालय प्रवेश गरेमा मात्र असल  शिक्षा लिन सक्ने बताउनु भयो ।

जिल्ला अस्पताल हुम्लाका प्रमूख डा. टासी अञ्जुक लामाले विदालयमा हस्तान्तरण गरिएका औषधीको प्रयोग र विधि मानसरोवर नमूना माध्यमिक विद्यालयका विद्यार्थीलाई जानकारी गराउनु भएको थियो । प्राथमिक उपचार भनेको स्वास्थ्य संस्थामा विरामीलाई पुर्याउनु भन्दा अघि नै खराबी नहोस् भन्नको लागि पुर्याईने साबधानी र उपचार मात्र भएकोले गहन विरामीलाई नजिक रहेको स्वास्थ्य संस्थामा चेक जाँचको लागि आउन लामाले सुझाउनु भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पदम लामाले शिक्षा हासिल गर्नको लागि स्वस्थ शरिर आवश्यक भएको कारण विद्यालयलाई प्रदान गरिएको सामाग्री विद्यार्थीले भरपुर उपयाग गर्नेमा जोड दिनु भएको थियो ।

हाल सिमकोट गाउँपालिका भित्र रहेको २५ वटा विद्यालयको स्वास्थ्य अवस्था सुधार गर्नको लागि विभिन्न कार्यक्रम सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले सञ्चालन गर्न लागिएको मध्येको एक रहेको गाउँपालिकाका उपाध्यक्ष बली रावतले बताउनु भयो ।  स्वास्थ्य अवस्था सुधार गर्नको लागि जुकाको औषधी, स्वास्थ्य शिक्षा लगायतका कार्यक्रम चाँडै विद्यालयमा लागु हुने रावते बताउनु भयो । सिमकोटका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालय समयमा चोटपटक र समान्य विरामीको कारण कक्षा छोड्ने दर बढ्दै गएको भएता पनि अब विद्यालयमा प्रदान गरिएको यस्ता खाले सामाग्रीले विद्यार्थीके पठनपाठनमा सुधार ल्याउने मानसरोवर नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनु भयो ।


माथिको तश्वीरमा: सिमकोट गाउँपालिकाले मानसरोवर नमूना माध्यमिक विद्यालय लगायत सिमकोटका २५  विद्यालयलाई प्राथमिक उपचार सामाग्री हस्तान्तरण गर्ने लक्ष्यको साथ अध्यक्ष पदम लामा, प्रधानाध्यापक अमर बहादुर शाहीलाई हस्तान्तरण गर्दै । तश्वीर: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य