२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन गुल्मीका लागि कुलमान घिसिङ्ग !

२०७५, २ मंसिर आईतवार १५:००

प्रेम सुनार | मङ्सिर २, बुटवल | डेढ बर्ष  अघि सम्म  विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र विरुद्ध त्यहाँका जनता पटक पटक विरोधमा उत्रिन्थे । पटक पटक बत्ति गई रहने,  ठाउँ ठाउँमा ट्रान्सफर्मर जल्ने, कतै भुई सम्म तार लत्रिने गर्दा त्यस  वितरण केन्द्रको कार्यालयमा कहिले डेलिगेशन, कहिले घेराउ त कहिले आगाजानी सम्मका घटना  घट्ने गर्दथे । 

एक पटक  त आन्दोलन नियन्त्रण गर्न नसकेर प्रहरीले हवाई फायर समेत त्यस कार्यालय अगाडी गर्नु परेको थियो । एक पटक कार्यालय प्रमुख समेत रातारात भाग्नु परेको थियो । तर गत डेढ बर्ष यता कुनै पनि ब्यक्ति बिरोधको भाषा लिएर त्यस कार्यालयमा पुगेको पाईएको छैन । 

सामन्य खराबी आउँदा कहिले काँही केहि बेर बत्ति गए पनि लोड सेडिङ्गको अन्त्य भएको  छ । यसको श्रेय गत एक बर्ष अघि कार्यालय प्रमुखको कार्यभार सम्हालेका ईन्जिनियर नारायण अर्यालाई जाने सरोकारवालाहरु बताउँ छन ।

नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले यसपाली त्यस केन्द्रका प्रमुख अर्यालय आए देखि  यहाँका जनताले विद्युतबाट खेप्नु परेको सास्तीबाट मुक्त भएको बताए ।  उनले भने –‘ जसरी विद्युतको क्षेत्रमा केन्द्रमा कुलमान घिसीङ्गको चर्चा छ त्यस्तै चर्चा गुल्मीमा अर्यालयको हुन थालेको छ ।’

उनले अर्याललाई गुल्मीको कुलमान घिसिङ्गको संज्ञा दिए  ।  गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले पनि अर्यालको कामबारे  प्रशंसा ब्यक्त गर्दछन । बिद्युतका बारेमा पहिला पहिला ब्यबसायीबाट निकै गुनासाहरु आई रहन्थ्यो ’पाण्डेले भने–‘ अहिलेका हाकिम आए पछि बिद्युतका बारेमा  एउटा पनि गुनासा आएका छैन, यस हिसावले उहाँ प्रशंसाको पात्र हुनुहुन्छ ।’

यहाँका राजनैतिक दलका भातृ संगठनले पनि डेढ बर्ष अघि सम्म पटक पटक प्राधिकरण बिरुद्ध आवाज उठाउँने गर्दथे । अहिले ती संघठनहरुले पनि प्रधिकरण बिरुद्ध  एक पटक पनि आवाज उठाएका छैन ।

के गरे अर्यालय आए पछि ?

आर्थिक बर्ष २०७०/७१ सालमा बुटवल क्षेत्रिय कार्यालय संग गुल्मीको विद्युती करणका लागि चार वटा टेण्डर परेका थिए । तर उनि आउने बेला सम्म उक्त टेण्डरको काम अलपत्र परेको थियो । उनले कार्यभार सुरु गरे लगत्तै ती टेण्डरहरुको काम सुरु गरे ।

मेनलाईन र ट्रान्सफर्मर जडान गरेर सके । ३३ केभिए रिडी देखि विरवास सम्मको लाईन क्षमता बृद्धि गरे ।  जम्मा डेढ एमभिए विरवारको शव स्टेशनलाई  ८ एमभिए क्षमता बृद्धि गरे । रेसुङ्गा नगरपालिका भित्रका  काठका पोलहरु विस्थापित गर्दै स्टील पोलहरु गाड्न सुरु गरे ।

नाङ्गा तारहरु हटाएर केवल राख्ने काम गरे ।  उनि आए पछि थप २२ सय ३५ घर धुरीमा बत्ति पुराए ।  सदरमुकाम तम्घासमा अब  १ सय ३२ केभिएको शव स्टेशन निर्माणको काम सुरु गर्दै छन ।  उनि कार्यालयमा कम बस्छन ।  हप्तामा दुई तिन दिन मात्रै कार्यालयमा बस्ने र बाँकी समय अनुगमन र विद्युत मर्मतमा हिड्ने गरेको उनका कर्मचारीहरु बताउँ छन ।

उनि भन्छन–‘  एक जना ईञ्जिनियर साव  ( मेखराज  जोसी ) र  नियमित अनुगमनमा पुग्छौं ।  हामीले यहाँबाट गरेका काम मात्र छैनन केन्द्रबाट परेका टेण्डरहरुको काममा बढि निगरानी पुराउने गरेका छौं ।  हामी आफुले यस्तो गरियो भन्दा पनि नागरिकहरुलाई सहि सेवा दिन सकियो कि सकिएन भन्ने कुरा नै मुख्य हो ।’

उनका अनुसार गुल्मीका राष्ट्रिय प्रशारण लाईनबाट २६ हजार देखि २५ हजार घरधुरीले बत्ति बालेका छन भने २२ हजार घरधुरीले सामुदायिक विद्युतीकरणबाट बत्ति बाल्द छन । साविका ७९ गाविस मध्ये अर्खबाङ्गले मात्र राष्ट्रिय र सामुुदायिक विद्युतिकरणबाट   बत्ति बाल्न  पाएको छैन ।   सो वडाले लघुजलविद्युतबाट बत्ति बाल्दै आएको छ । अग्लुङ्गमा अर्यालय आए पछि बत्ति बालिएको हो ।

केहि दिन अघि गृह जिल्ला आएको श्रम रोजगार तथा सामाजिक बिकास मन्त्री गोकर्णराज बिष्टले पनि एक कार्यक्रममा  पछिल्लो चरण बिद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको काम प्रति सन्तोष ब्यक्त गरेका थिए ।  सेवाग्राहीहरुले पनि उनि आए पछि सन्तोष ब्यक्त गर्दै आएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ