2026-09-14 12:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सिसिटिभी क्यामेरा जडान गर्न अनुमति लिनुपर्ने

कृष्ण बिष्ट | मङ्सिर ३, बैतडी | सि सि टिभी क्यामेरा जडान गर्न जिल्ला प्रसासन कार्यालय बैतडीको अनुमती लिनुपर्ने भएको छ । हरेक ब्यापारि, बिद्यालय, सरकारि तथा गैर सरकारी कार्यालयहरुमा सी सि क्यामेरा जडान गर्न जिल्ला प्रसासन कार्यालयको अनुमति लिनुपर्ने भएको हो । 

अपराध अनुसन्धान र नियन्त्रण गर्न बिद्युतिय उपकरणको प्रभावकारीता बढाउने प्रयोजनका लागी सि सि टिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिद्युतिय उपकरण  जडान तथा सञ्चालन सम्वन्धी “कार्यविधि २०७२” बाट स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रकास गैरले बताउनुभयो ।

यसका साथै यसअघि अनुमती नलिइ नै सिसिटिभी जडान गरेकाहरुलाई जिल्ला प्रसासन कार्यलय बैतडीमा दर्ता गराउन ३५ दिने अल्टिमेटम दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । सिसिटिभी जडान तथा कार्य्विधि, २०७२ अनुसार सार्वजनिक निकायहरुले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र, निजी प्रयोगकर्ताले पनि जिल्ला प्रशासनबाट अनुमती लिनुपर्ने उहाले बताउनुभयो ।

 बैतडीमा अधिकांस ब्यापारिहरुले अनुमती बिनानै सिसिटिभी जडान गरेकोले स्थानीय प्रशाससनले यस्तो आग्रह गरेको हो । कार्य्विधी अनुसार सिसिटिभी जडान गर्न अनिवार्य अनुमती लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ । 

बिद्युतिय उपकरण प्रयोग तथा जडान कार्यबिधि, २०७२ विपरित सि सि टिभी जडान एवं सञ्चालन  गरेको पाइएमा विद्युतीय ईलेक्ट्रोनिक कारोवार ऐन, २०६३ बमोजिम कार्वाही हुने पनि जिल्ला प्रशासन कर्यालय बैतडीले सुचना जारि गर्दै चेतावनी समेत दिएको छ । 

जिल्ला प्रशासन कार्यालयले अनुमति नलिई सीसी क्यामेरा जडान गरेकाहरुलाई मंसिर ५ भित्र अनुमति लिन सार्वजनिक सूचना जारी गरेकोको हो ।  मंसिर ५ गते पछि अनुगमन गरिने भएकाले  अनुमति नलिइ सीसी  टिभी क्यामेरा जडान तथा सञ्चालन गरेको पाईएमा सो एन बमोजिम कर्वाही  गरिने प्रमुख जिल्ला अधिकारि गैरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने