२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

किउँ टिप्न विद्यालय बन्द

४ मंसिर २०७५, मंगलवार ०७:४६

मङ्सिर ४, धादिङ | औषधिको रूपमा प्रयोग गरिने किउँ (काफल) टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार÷पाँच घण्टा टाढा जङ्गलमा किउँ टिप्न ठूलो समूह बनाएर गएपछि गाउँका विद्यालय खाली भएका हुन् । 

विद्यार्थी मात्र होइन, गाउँका हिँड्न र काम गर्न सक्ने जति युवा अहिले सबै किउँ फल टिप्नका लागि जङ्गल गएर उतै रात बसी फल टिप्न थालेको झार्लाङका मङ्ग तामाङले बताउनुभयो । 

किउँ स्थानीयवासीले विभिन्न औषधिको रूपमा प्रयोग गर्ने गर्छन् । आगोले पोलेको, गानो गोला दुख्दा औषधिको रुपमा प्रयोग गर्ने गर्छन् । यो फल महङ्गोमा बिक्री समेत हुने स्थानीयवासी बताउँछन् । 

दिनभरि टिप्दा मुश्किलले एक÷दुई पाथीसम्म टिप्न सकिने भएकाले गाउँवासी केही दिन जङ्गलमै बसेर फल टिप्ने गर्छन् । देख्दा मसिना कालो, खैरा देखिने, फल खाँदा चिसो र ओखरको स्वादको हुन्छ । १२ वर्षमा फल्ने कालो साना दानाको यो फललाई तामाङहरू सिसी पनि भन्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य