२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोपीको भजन शैलीको गीत ‘लक्ष्मी कहिले काली’सार्वजनिक (भिडियोसहित)

५ मंसिर २०७५, बुधबार ११:३३

मङ्सिर ५, काठमाडौं | नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ ।

चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर तयार पारेका छन् । भजन शैलीको यो गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा अर्जुन विश्वस्त छन् । गीतमा धु्रव विस्को र एन्जिला रेग्मीले आवाज भरेका छन् ।

आरोही इन्टरटेन्मेन्टका लागि आरोही केसीले निर्माण गरेको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रको माग अनुसार नै यो गीत तयार पारिएको लामाले बताए । चलचित्रका मुख्य पात्र हिन्दु र गाइ पाल्ने भएकाले यो गीतमा उक्त आस्था झल्काउने प्रयास गरिएको उनले सुनाए ।

गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, अंकित खड्का, भोला सापकोटाले नृत्य गरेका छन् । गोविन्द राइको कोरियोग्राफी रहेको गीतमा तीनवटा भजनटोली, सय जना भन्दा बढी बृद्धबृद्धा, ३२ जना नृत्य कलाकारलाई पनि देख्न सकिन्छ । सामिप्यराज तिमिल्सिनाको लेखन, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता