2026-10-10 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोपीको भजन शैलीको गीत ‘लक्ष्मी कहिले काली’सार्वजनिक (भिडियोसहित)

मङ्सिर ५, काठमाडौं | नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ ।

चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर तयार पारेका छन् । भजन शैलीको यो गीतलाई दर्शक तथा श्रोताले मन पराउनेमा अर्जुन विश्वस्त छन् । गीतमा धु्रव विस्को र एन्जिला रेग्मीले आवाज भरेका छन् ।

आरोही इन्टरटेन्मेन्टका लागि आरोही केसीले निर्माण गरेको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रको माग अनुसार नै यो गीत तयार पारिएको लामाले बताए । चलचित्रका मुख्य पात्र हिन्दु र गाइ पाल्ने भएकाले यो गीतमा उक्त आस्था झल्काउने प्रयास गरिएको उनले सुनाए ।

गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, अंकित खड्का, भोला सापकोटाले नृत्य गरेका छन् । गोविन्द राइको कोरियोग्राफी रहेको गीतमा तीनवटा भजनटोली, सय जना भन्दा बढी बृद्धबृद्धा, ३२ जना नृत्य कलाकारलाई पनि देख्न सकिन्छ । सामिप्यराज तिमिल्सिनाको लेखन, श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने